Thursday, July 23, 2026

मुख्य समाचार

पर्वत/नेपाली काँग्रेस पर्वतले जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । कार्यकर्ताको माग बमोजिम पार्टीको प्रशिक्षण विभागले यही चैत्र २७ र २८ गते कुश्मामा प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो । नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीको विशेष उपस्थितिमा सोमवार विहान पार्टी कार्यालयमा बसेको...
पर्वत/यही चैत ५ गते निर्वाचन हुन लागेको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन अन्तर्गत पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसमा पनि निर्वाचन हुँदै छ। नेपाली काँग्रेस समर्थित नेपाल विद्यार्थी संघकोतर्फबाट सतिस रेग्मी र नेकपा एमाले समर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को तर्फबाट जोश्ना कुँवर चुनावी प्रतिस्पर्धामा छन्। सचिव पदमा पनि दुई...
पर्वत/जलजला गाउँपालिकामा दुई जना बैंकका कर्मचारीमाथि आक्रमण भभएको छ । एनआइसी एसिया बैंकको बेनी शाखामा कार्यरत कर्मचारीमाथी बिहिबार दिउँसो कुटपिट भएको हो । पर्वतको जलजला गाउँपालिकाको लामाखेतमा गएका शाखा प्रमुख बिनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथी भौतिक आक्रमण भएको बैंकले जनाएको छ । आक्रमणबाट प्रकाश आलेको टाउकोमा चोट लागेर...
पर्वत/जिल्लाको कुश्मा नगरपालिका वाड न ८ ओढारेमा भएको वस दुर्घटनामा ५ जना घाइते भएका छन् । कुश्मा बाट डिमुवा जाँदै गरेको र डिमुवाबाट कुश्मा आउँदै गरेको दुई बस एक आपसमा ठोकिएका थिए । कुश्माबाट डिमुवा जाँदै गरेको ग १ ख ८४८६ नम्बरको बस र पोखराबाट कुश्मा आउँदै गरेको ध...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री प्रभावशाली महिला नेतृ महालक्ष्मी उपाध्याय (डिना)ने पछिल्लो पुस्तामा राजनीतिप्रतिको निष्ठा हराउँदै गएको वताउनु भएको छ । नेपाली काँग्रेस पर्वतको आयोजनामा विहिवार वर्तमान राष्ट्रिय राजनीतिका समसामयिक विषयमा बोल्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । उपाध्यायले नेपाली काँग्रेस गुटगत राजनीति र सैद्धान्तिक विचलनका कारण...
पर्वत/जिल्लाको मोदी गाउँपालिकाले आगामी फागुन २७ गते देखि राष्ट्रिय सभाका अध्यक्ष कप प्रतियोगीता कार्यक्रमको आयोजना गर्दैछ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाको गृह पालिका मोदी गाउँपालिकाले अध्यक्ष तिमिल्सीनाको सम्मानका लागि उक्त प्रतियोगीताको आयोजना गर्न लागेको हो । विगतका बर्षहरु देखि नै आयोजना हुँदै आएको प्रतियोगीताको अध्यक्ष तिमिल्सीनाले उद्घाटन गर्नेछन्...
पर्वत/ फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व सोमवार देखि पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । तर, जिल्ला प्रशासन कार्यालय पर्वतले सभ्य एवम् सुरक्षितरुपमा...
पर्वत/नेपाली काँग्रेस पर्वत र जिल्लाका जनप्रतिनिधिहरूको बीचमा मैत्रीपूर्ण संवाद कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनिधि र पार्टीबीचको समन्वय र सहकार्यलाई थप बलियो र प्रभावकारी बनाउने उद्देश्यले पार्टीका पदाधिकारी र नगरपालिकाका प्रमुख, गाउँपालिकाका अध्यक्ष र वडाअध्यक्षका बीचमा समन्वयात्मक बैठक आयोजना गरिएको पार्टी सभापति युवराज जोशीले जानकारी दिनुभयो । बैठकमा जनप्रतिनिधि...
पर्वत/राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक समृद्धिको लागि ग्रामीण पर्यटनमा जोड दिनुपर्ने धारणा राख्नु भएको छ । राष्ट्रपति भण्डारीले वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धि एवम् रोजगारीको सिर्जना गर्दै स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने उहाँको भनाई छ । पर्यापटनको विकासले ग्रामीण अर्थतन्त्र बलियो बन्ने...
पर्वत/छोराको विवाहमा लाग्ने खर्चवापतको केहि रकमबाट पर्वतका एक परिवारले मृगौला पिडितलाइ सहयोग गरेका छन्। कुश्मा नगरपालिका–६ बस्ने पर्वत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हरिओम शर्मा लामिछानेले छोरा शिशिर लामिछानेको विवाहमा लाग्ने खर्च कटाएर कुश्मा नगरपालिका १० बस्ने गोबिन्द लामिछानेको परिवारलाई सहयोग गरेका हुन । बुधबार बिवाहको दिनमा गोबिन्द लामिछानेको परिवारलाइ...