पर्वत/दलित समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक सशक्तीकरण गर्ने उद्देश्यले पर्वतको बिहादी गाउँपालिकाले सचेतनामूलक तथा क्षमता विकास कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा वकालत मिडिया प्रा.लि.को सहकार्यमा सञ्चालन गरिएको कार्यक्रम पालिकाका सबै छ वटै वडामा सञ्चालन गरिने भएको छ । कार्यक्रमको पहिलो चरण वडा नं. १ मा...
पर्वत/जिल्लाको फलेवास नगरपालिकाले आधारभूत तह अन्तर्गत कक्षा ६, ७ र ८ का विद्यार्थीलाई पनि दिवा खाजाको रकम उपलब्ध गराउने भएको छ । संघीय सरकारले बाल कक्षादेखि पाँच कक्षासम्मका विद्यार्थीहरूलाई एक दिनको २० रुपैयाँका दरले वार्षिक १ सय ८० दिनको खाजा रकम स्थानीय तहमार्फत दिँदै आइरहेको छ ।
संघीय सरकारले विगतमा...
पर्वत / पर्वत जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजनामा सम्पन्न घोषणा कार्यक्रममा पर्वत जिल्लाका सातवटै स्थानीय तहले राष्ट्रिय मापदण्डअनुसार पूर्ण खोप सुनिश्चितता कायम गरेपछि औपचारिक रूपमा घोषणा गरिएको हो ।
कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतका प्रमुख बद्रीराज आचार्यले पूर्ण खोप सुनिश्चितता...
पर्वत / महाशिला गाउँपालिका आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखापरीक्षणमा लगती बेरुजु शून्य कायम गर्न सफल भएपछि महालेखापरीक्षकको कार्यालयबाट सम्मानित भएको छ।
महालेखापरीक्षकको कार्यालयले आयोजना गरेको कार्यक्रममा महालेखापरीक्षक तोयम रायाको हातबाट गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसालले गाउँपालिकाको तर्फबाट प्रशंसा–पत्र ग्रहण गर्नुभएको हो।
आर्थिक कारोबारलाई कानुनसम्मत, पारदर्शी र उत्तरदायी ढङ्गले सञ्चालन गर्दै...
पर्वत/पर्याप्त मात्रामा वर्षा भएको भए धमाधम रोपाइ भइरहेको हुने मध्य असारसम्म पर्वतमा भने २१ प्रतिशत रोपाइँ मात्रै पूरा भएको छ । नेपालमा ढिला गरी मौसम भित्रिँदा तथा भित्रिएको मौसम पनि छिटो गतिमा देशभर नफैलिँदा रोपाइँ गर्ने बेलामा पनि वर्षा हुन सकिरहेको छैन । स्थानीय बायुको प्रभावले केही दिनको अन्तरमा...
पर्वत/कुश्मा नगरपालिका वडा न २ खुर्कोट साविक वडा नं ८ को मकैबारीमा अन्धाधुन्द डोजर चलाएर सडक खनेपछि स्थानीयबासी आक्रोशित भएका छन् । सत्य महाकाली देवी भगवती मन्दिरको गुठी जग्गामा समितीको सरसल्लाह र मन्जुरी विना असारको समयमा डोजर चलाएपछि उनीहरू आक्रोशित भएका हुन् ।
कुश्मा नगरपालिका वडा नं २ को २...
पर्वत/महाशिला गाउँपालिका–१ होश्राङदीमा चितुवाको आतंक बढ्दै गएको छ । विहिबार राति करिब २ बजेको समयमा चितुवा बाख्रा खोरमै पसेर स्थानीय कृषक मनसिङ गुरुङले पालेका ७ वटा बाख्रा मारेपछि गाउँभरि त्रास फैलिएको छ।
स्थानीयका अनुसार चितुवाले रातको समयमा खोरमा पसेर एकै पटक ७ वटा बाख्रा नष्ट पारेको हो । बिहान खोर...
पर्वत/राष्ट्रिय स्वतन्त्र पार्टीको हालै सम्पन्न केन्द्रीय महाधिवेशनबाट पर्वतका सागर भुसाल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। पर्वत जिल्लाका भुसाल पार्टीको हालै सम्पन्न केन्द्रीय महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। उनको निर्वाचनसँगै पर्वतबाट रास्वपाको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व सुनिश्चित भएको छ।
भुसाल लामो समयदेखि पार्टीको संगठन विस्तार, सुशासन, पारदर्शिता तथा नागरिकका...
पर्वत/मनसुन सक्रिय भएसँगै सम्भावित प्राकृतिक विपद्का घटनाहरूको प्रभावकारी व्यवस्थापन तथा पूर्वतयारीलाई थप सुदृढ बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले गण्डकी प्रदेशभरका समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्कीको आयोजनामा भर्चुअल माध्यमबाट सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश...
पर्वत/पैयूँ गाउँपालिकाकोे १८औँ गाउँ अधिवेशन मंगलवार सम्पन्न भएको छ । गाउँसभाले आगामी आर्थिक वर्ष विं.सं.२०८३/०८४ का लागि झण्डै ४३ करोड बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभामा पालिका उपाध्यक्ष यामकुमारी रानाले ४२ करोड ७१ लाख छ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।
गाउँ सभाबाट सर्वसम्मत रूपमा...









