पर्वत/फलेवास नगरपालिकाले आगामी आर्थिक वर्ष वि.स.२०८३/०८४ का लागि रु.६९ करोड तीन लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलवार सम्पन्न नगरपालिकाको १८ औँ नगरसभामा उपप्रमुख शोभाकुमारी क्षेत्रीले बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमध्ये चालुतर्फ रु. ५४ करोड ८९ लाख दुई हजार रुपैयाँ अर्थात् ७९.५२ प्रतिशत र...
पर्वत/महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४६ करोड ४७ लाख ४८ हजार ४९ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको २०औँ गाउँसभामा उपाध्यक्ष धनसुवा विकले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो। गाउँपालिकाले आगामी वर्षको बजेटमार्फत शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास तथा रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकतामा राखेको...
पर्वत /विहादी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट गाउँसभाबाट सर्वसम्मत रूपमा पारित गरेको छ। गाउँपालिकाको गाउँसभामा अध्यक्ष परविन गुरुङ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा चालु आर्थिक वर्षका उपलब्धिहरू प्रस्तुत गरेका थिए। त्यसैगरी उपाध्यक्ष मिना शर्मा तिवारी ले आर्थिक वर्ष २०८३/८४ का...
पर्वत/जलजला गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५३ करोड १२ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँसभामा प्रस्तुत बजेटले रोजगारी सिर्जना, पूर्वाधार विकास, सामाजिक न्याय, गुणस्तरीय सेवा प्रवाह तथा सुशासनलाई मुख्य उद्देश्यका रूपमा अघि सारेको छ। प्रस्तुत बजेट अघिल्लो वर्षको तुलनामा वृद्धि भएको देखिन्छ।
गाउँपालिकाले बजेटका प्रमुख उद्देश्यहरूमा दक्ष...
पर्वत /मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७५ करोड १९ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष बिमल लामिछानेले बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक समावेशीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
प्रस्तुत बजेटमध्ये चालुतर्फ ५३ करोड १३ लाख...
पर्वत /मोदी गाउँपालिकाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि, युवा रोजगार, महिला उद्यमशीलता, सहकारी सुधार, विपद् व्यवस्थापन र सुशासनलाई प्रमुख प्राथमिकतामा राखिएको छ। 'गाउँपालिकाले बारीदेखि बजारसम्म' कार्यक्रम लागु गर्ने र कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाको १९औँ गाउँसभामा अध्यक्ष हिरादेवी शर्माले प्रस्तुत गरेको नीति तथा...
पर्वत/कुश्मा नगरपालिकाको १३ औँ नगर अधिवेशन आइतवार सम्पन्न भएको छ । अधिवेशनले आगामी आर्थिक वर्ष वि.सं. २०८३/०८४ का लागि झण्डै ९० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरसभामा उपप्रमुख स्वस्थानी रिजालले ९८करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले ‘समृद्ध सुन्दर कुश्मा नगर’ निर्माणको दीर्घकालीन...
पर्वत/ जिल्लाको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र कुस्मा बजार पछिल्लो समय अव्यवस्थित विद्युतीय इन्टरनेट तथा केबुलका तार र जथाभाबी राखिएका होर्डिङ बोर्डका कारण कुरूप बन्दै गएको छ । पर्यटकीय सम्भावना बोकेको कुस्मा बजार विश्वकै अग्लामध्येको बन्जी जम्प, जिपलाइन र विभिन्न झोलुङ्गे पुलका कारण आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको...
पर्वत / व्यावसायिक रुपमा पशुपालन गरी दूध उत्पादन गर्दै आएका कृषकलाई पर्वतको विहादी गाउँपालिकाले प्रतिलिटर सात रुपैयाँ ५० पैसा अनुदान दिने भएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत दूध ढुवानी गर्नका लागि अनुदान दिन थालेको हो । दूध उत्पादन तथा बजारीकरणलाई प्रोत्साहन गर्दै उद्देश्यले उक्त...
पर्वत/पैयूँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम, बजेट तथा वार्षिक योजना तर्जुमा प्रक्रियालाई थप सहभागितामूलक र प्रभावकारी बनाउन सरोकारवालासँग सुझाव संकलन गरेको छ। मंगलबार गाउँपालिकाको सभाहलमा आयोजित सुझाव संकलन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीको अध्यक्षता रहेको थियो।
कार्यक्रममा उपाध्यक्ष यामकुमारी राना, प्रमुख प्रशासकीय अधिकृत जीवन गैरे,...









