Friday, July 17, 2026

मुख्य समाचार

२८ भदौ, काठमाडौं । नेकपाभित्र प्रदेश ईन्चार्जमा रस्साकस्सी शुरु भएको छ । जिल्ला कमिटी र भातृ संगठनहरुको एकीकरण प्रक्रिया पेचिलो बन्दै गएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो चरणमा प्रदेश कमिटीहरुको एकीकरण टुङ्ग्याउन लागेको हो । । विहीबार बस्ने सचिवालय बैठकले प्रदेश कमिटी अध्यक्ष र सचिव तोक्नुको साथै...
भाद्र,२८–पर्वत/नेपाल राहत शिक्षक समितिको आयोजनामा  ३ दिन देशभरका सामुदायिक विद्यालय बन्दको घोषणाले धौलागिरीमा पर्वत जिल्ला सहित अन्य जिल्लाका विद्यालय पनि प्रभावित भएका छन । नेपाल राहत शिक्षक केन्द्रिय समितिको २०७५ साल भाद्र २१ गतेको अपिल अनुसार संघीय शिक्षा ऐन २०७५ मा राहत शिक्षकका मागहरुलाई व्यवस्थापन गर्नुपर्ने माग राख्दै आजदेखि पर्सीसम्म...
भाद्र,२८–पर्वत/गण्डकी प्रदेशका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री बिकास लम्सालले पोखरादेखि पर्वतको सदरमुकाम जोड्ने सुरुङ्गमार्ग चार वर्षभित्र पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पर्वत सदरमुकाम कुश्माबजारमा जनकल्याण महिला समूह पर्वतले आयोजना गरेको तीज मेलालाई उद्घाटन गर्दै मन्त्री लम्सालले पर्वत लगायत साविक धौलागिरीका...
२७ भदौ, पर्वत/ भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने  तथा नारीले अटल सौभाग्य र...
काठमाडौं । गृह मन्त्रालय बढुवा समितिको सचिवालयले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदका लागि तीन जनालाई बढुवा सिफारिस  गरेको छ । डीआईजीत्रय पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतलाई एआईजीका लागि सिफारिस गरिएको छ । कार्की राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, राई लागु औषध नियन्त्रण ब्यूरो र...
काठमाडौं । छोरीको हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै निर्मला पन्तका आमाबाबु काठमाडौं आइपुगेका छन् । भोलिबाट राष्ट्रपति, प्रधानमन्त्री, प्रहरी प्रमुख लगायतलाई भेटेर ज्ञापन पत्र बुझाउने उनीहरुको तयारी छ । साउन १० मा साथी कहाँ गएकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो । हत्यारालाई कारबाहीको...
पर्वत,२६ भदौ । जिल्लाको जलजला गाउँपालिका ८ नाग्लिवाङमा ऐतिहासीक रुपमा सञ्चालन हुने तिजमेला सोमवारवाट सुरु भएको छ । जलजला गाउँपालिका वार्ड नं.८को आयोजनामा २७ गतेसम्म सञ्चालन हुने मेलाको विधिवत रुपमा उद्घाटन गरिएको हो । मेलाको उद्घाटन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल रामकृष्णले तीजसंगै महिलाहरु अधिकार खोज्न जागरुक हुनुपर्ने...
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सर्वसम्मत अनुमोदन गरेको छ । उनीविरुद्ध चारवटा उजुरी परेको भए पनि एउटा उजुरी फिर्ता भइसकेको थियो भने बाँकी तीनवटा उजुरीका विषयमा छलफल भएको थियो । सोमबार बिहान संसदीय सुनुवाई समितिमा भएको छलफलपछि उनको नाम सर्वसम्मत अनुमोदन भएको हो । उनीविरुद्ध परेको उजुरीमा सशस्त्र...
२५ भदौ, लिवाङ । नेपाल तरुण दलले सोमबार रोल्पा जिल्ला बन्द आह्वान गरेको छ । तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरोधमा जिल्ला बन्द गरिएको हो । बन्दका कारण बिहानैदेखि रोल्पाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग...
काठमाडौं । सरकारले पुरक वजेट ल्याउन छलफल गरेको छ । वजेटमा बृद्धभत्ता नबढाएपछि चर्काे जनगुनासो बढेको भन्दै बृद्धभत्ता बढाउनकै लागि पनि पुरक वजेट ल्याउने गरी छलफल भएको हो । पुरक वजेटका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले छलफल गरेका हुन् । अध्यक्ष प्रचण्डले जिल्लाजिल्लामा पुग्दा वजेटमा बृद्धाभत्ता...