कार्तिक ५ पर्वत/महाभारतमा कालाञ्जर पर्वतको नामले परिचित पर्वत जिल्लाको सवैभन्दा उच्च स्थानमा रहेको हम्पालको लेकलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न डिपिआर तयार गरिने भएको छ । समुद्री सतहबाट ३ हजार ३ सय मिटरको उचाईमा रहेको उच्च, फराकिलो भू–भाग, घना जंगल, जुडिबुटी र विभिन्न धार्मिक स्थल सहितको ठाउँ भएकाले यो...
असोज २७, पर्वत/फलेवास नगरपालिकाको मुडिकुवा–झकलाक सडकको कालोपत्रे काम सुरु भएको छ । नगरप्रमुख पदमपाणि शर्माका अनुसार ठेकेदार कम्पनीले अघिल्लो सातादेखि काम सुरु गरेको हो । पटक–पटकको दबाबका बीच काम छोडदै सम्पर्कमा आउँदै गरेका ओएसिस इन्जिनियरिङ एन्ड बिल्डर्स कम्पनीका ठेकेदारले काम थालेका हुन् । गत असारभित्रै काम सक्ने सम्झौता भए...
असोज २५, पर्वत/जिल्लाका विभिन्न ठाउँमा स्थापना गरिएका होम स्टेहरुले पाहुनाको रोजाई अनुसार आधुनिक खानाहरु खुवाउने गर्छन। तर, पर्वतको महाशिला गाउँपालिका संचालन गरिएको होमस्टे भने अर्गानिक र परम्परागत खाना पाउने ठाउँको रुपमा परिचित बन्दै गएको छ। होम स्टे संचालन गर्दाको बेलामा नै अर्गानिक र स्थानीय स्तरमा उत्पादन हुने खाद्यान्नहरु मात्र...
असोज २५, पर्वत/ कुश्मा नगरपालिका २ छमर्केको घुम्ती–लाम्पाटा हुँदै दम्भाखोला जोड्ने सडक कालोपत्रे सम्झौता भएको तीन वर्षसम्म पूरा भएको छैन । २२ किलोमिटर सडकको बीचमा पर्ने २० मिटर लम्बाइको रिठेखोला पुल सम्झौता मितिअघि नै बनिसकेको छ । तर, सडक भने अझै कालोपत्रे हुन बाँकी छ ।
पोखरा–बेनी हुँदै मुक्तिनाथ जाने...
असोज, १३ पर्वत/कुश्मा नगरपालिका ७ मा तरकारी र फलफुल नर्सरी स्थापना भएको छ । कुश्मा नगरपालिकाले कृषकहरुलाई सहुलियत रुपमा तरकारी र फलफुलका विरुवा उपलब्ध गराउन नर्सरी स्थापना गरेको हो । हाल एउटा हाईटेक टनेलभित्र तरकारीका विरुवा उत्पादन भैरहेको नर्सरी २ रोपनी क्षेत्रमा फैलिएको छ । भाडामा जग्गा लिएर नर्सरी...
असोज,१२,पर्वत/जिल्लाका पर्यटन व्यवसायी र सरोकारवालाले पर्वतलाई चिनाउने हो भने कुश्माका चारवटा गुफा समेटेर सर्किट रुट आवश्यक पर्ने बताएका छन् । । ३८ औं विश्व पर्यटन दिवस मनाउन भेला भएका उनीहरुले जिल्लाको पर्यटन विकासका लागि यस्तो धारणा राखेका हुन् ।
पर्वत पर्यटन प्रवर्धन केन्द्रले कुश्मा–९ को अलपेश्वर गुफामा आयोजना गरेको अन्तरकृयाका...
असोज १०, पर्वत/जिल्लाको जलजला गाउँपालिका, पशु सेवा शाखाले पशुहरुमा कृत्रिम गर्भाधान सेवालाई कृषकहरु माझ पुराउन विभिन्न आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । कृषकहरुलाई कृत्रिम गर्भाधान प्रति आकर्षण गराउन सुत्केरी भत्ता उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७५/७६ को कार्यक्रम अनुसार गाईभैसीमा कृत्रिम गर्धाधान गराउने कृषकहरुलाई पोषण भत्ता स्वरुपा...
असोज ९, पर्वत/चाडवाड नजिकिए पछि पर्वतमा वजार अनुगमन तिव्र बनेको छ । दैनिक जसो वजार अनुगमन गर्ने प्रसासन कार्यालयको तयारी छ । यसैक्रममा सोमबार जलजला गाउँपालिकामा बजार अनुगमन भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतले सोमबार पर्वत वेनीमा गरेको छड्के बजार अनुगमनका क्रममा म्याद नाघेका अखाद्य सामाग्री पसलहरुवाट बरामद गरेको...
असोज, ८, पर्वत/ स्थानीय तहले लिने करका कारण विगतका बर्षहरुमा भन्दा मुस्ताङी च्याङ्गको मूल्य यसपालि बढ्ने भएको छ । दशैं नजिकिएसँगै हिमालपारिको जिल्ला मुस्ताङबाट भेडा च्यांग्रा हिँडाइए पनि पर्वतमा आइपुग्दा च्याङ्ग्राको मूल्य बढ्ने बुझिएको हो । व्यवसायीहरुले पर्वत, बागलुङ, पोखरा र आसपासका क्षेत्रका उपभोक्तालाई लक्षित गर्दै मुस्ताङको लोमान्थाङबाट २०...
भदौ, ३१ पर्वत/कुश्मा नगरपालिका ३ दुर्लुङमा झाडीले ढाकिएको जमिनमा अहिले किवीखेती शुरु गरिएको छ । झाडी फाँडेर स्थानीय कृषक खेमवहादुर गुरुङले किवीखेती शुरु गर्नुभएको हो । सिँचाईको सुविधा नभएको र घरमा काम गर्ने मान्छेको अभावमा उहाँले आफ्नो जमिन बाँझो राख्नुभएको थियो । उहाँले किवीको महत्वबारेमा कृषि विकास कार्यालयवाट ४...









