पर्वत/कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरो जाँदा घर भत्केर पुरिएका ६ जना आइतबार बिहानसम्म पनि वेपत्ता छन् । शनिवार राती पहिरो जाँदा दुई वटा घर पुरिएर नौ जना बेपत्ता भएका थिए । त्यसमध्ये तीन जनाको राती नै शव फेला परेको छ । अन्य छ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय...
पर्वत/जिल्लामा थप चार जना कोरोना संक्रमित भेटिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले पर्वतमा भारतबाट फर्किएका थप चार जना कोराना संक्रमित भेटिएको शनिबार जानकारी दिएको हो । यो संगै पर्वतमा कोरोना संक्रमितको संख्या २६ पुगेको छ । यसअघि पर्वतमा २२ जना कोरोना संक्रमित भेटिएका थिए ।
पर्वत अस्पतालका निमित्त प्रमुख...
पर्वत/जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै पर्वतमा संक्रमितको संख्या २२ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार पर्वतमा थपिएका संक्रमित मध्ये कुस्मा नगरपालिकाका १० जना रहेका छन...
लेखक: रवीन्द्र माकाजू
स्वतन्त्रता सेनानी कृष्णबहादुर जोशी (कुश्मा पर्वत) जिउँदा शहिद हुन् । हाल उनी पोखरा–१५ रामबजारमा बसोबास गर्दछन् । जसले ००७ सालको आन्दोलनमा महत्वपूर्ण भूमिका खेले । २००७ साल फागुन ७ गते पूर्व (प्रजातन्त्र उदय नभइन्जेल) नेपालमा १०४ वर्षसम्म राणाशासन कायम थियो । राणाहरूका सन्तान, दरसन्तान जन्मनासाथ जर्नेल,...
पर्वत/फलेवास नगरपालिकाको छैटौ नगरसभा सम्पन्न भएको छ । विभिन्न विधेयक पारित गर्दै नगरपालिकाको छैटौ नगरसभा मंगलबार सम्पन्न भएको हो । नगर सभाले नगरप्रहरी संचालन तथा श्रमिक कल्याणकारी बिधेयक सर्वसम्मत पारित गरेको छ । नगरसभामा नगरपालिकाको नगर प्रहरी सञ्चालन विधयेक २०७७ विधायन समितीका संयोजक हरेराम रेग्मीले पेश गर्नुभएको थियो ।...
पर्वत/विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरण गर्नका लागि पर्वत जिल्लाका सवै सरोकारवालाहरु एकजुट हुनुपर्ने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी बताउनुभएको छ ।
पर्वतमा सरुवा भएर आएपछि पहिलोपटक मंगलवार पत्रकार सम्मेलन गर्दै पर्वतमा कोभिड १९ को रोकथाम र व्यवस्थापनको अवस्थाका बारेमा जानकारी दिनुभएको हो । उहाँले अहिले जिल्लाभर १...
पर्वत/विश्वव्यापी महामारीको रुपमा फैलिँदै गएको कोभिड १९ को उच्च जोखिमलाई कम गर्न र भारतसहित तेश्रो मुलुकबाट पर्वत भित्रिने नागरिकको उपचार तथा हेरचाह पद्धतिलाई व्यवस्थित बनाउन कुश्माका युवाहरूले स्थानीय प्रशासन र जनप्रतिनिधिलाई ध्यानाकर्षण गराएका छन् । उनीहरूले सोमवार कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी र प्रमुख जिल्ला अधिकारी शम्भु...
बागलुङ/नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रिय सदस्य किरणराज पौडेलले आफ्नो गृह जिल्ला बागलुङमा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन् । पौडेलले आफ्ना बाबु स्व. हेमराज शर्मा पौडेलको स्मृतिमा सोमबार बागलुङ नगरपालिका–१२ अमलाचौर र १३ को पैयुँपाटामा स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् । देशमा कोरोना भाईरसको संक्रमण दैनिक सयौंको दरले...
पर्वत/जिल्लाको सवैभन्दा ठूलो जलासयुक्त परियोजना कालीगण्डकी जलासययुक्त परियोजनाका लागि संघीय सरकारबाट ६ सय ९२ लाख रकम विनियोजन भएको छ । आगामी बर्षको लागि संघीय सरकारले ६ करोड ९२ लाख रकम विनियोजन गरेको हो । उक्त रकमबाट म्याग्दी समेत जलासयुक्त आयोजनाका लागि अध्ययन हुने भएको छ । जिल्लाको फलेवास नगरपालिका,...
पर्वत/कोरोना महामारीका कारण देश ७६ दिनदेखि लकडाउनमा छ। जसले गर्दा जनता सहजै घरबाहिर निस्कन पाएका छैनन् भने देशको अर्थतन्त्र ठप्पप्राय छ। बिदेशमा लाखौं नेपाली अलपत्र छन्। भारतबाट हिँड्दै भोकै प्यासै जनता आफ्नो देश आइरहेका छन्। कयौं समस्या भोग्न बाध्य छन्। अत्यावश्यक बाहेक सबै सवारी साधन तथा सेवा बन्द छन्।
तर,...








