Sunday, May 3, 2026

आर्थिक

सरकारले आगामी आर्थिक वर्षको साउनभित्रै उपत्यकाबासीलाई मेलम्चीको पानी वितरण गर्ने आश्वासन बाँडेको छ। अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा मेलम्ची खानेपानी आयोजनाको प्राविधिक र अन्य पक्षलाई केही वास्तै नगरिकनै आयोजनाको आधारभूत निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुदेखि नै काठमाडौं उपत्यकामा खानेपानी वितरण गरिने...
पर्वत/प्राणघातक कोरोना भाइरसजन्य रोगले संसारभरको मानव अस्तित्वलाई चुनौती दिइरहेका बेला बालीनालीमा भइरहेको सलहको फौजी आक्रमणले कतिपय देशहरु रोग र भोकको दोहोरो चपेटामा पर्ने संकेत गरेकोे छ । कोभिड– १९ चीनको वुहानबाट शुरु भयो भने, सलहको कहर अफ्रिकी मुलुक केन्याबाट शुरु भएको छ । तर, दुबै विपत्ति लगभग एउटै समयमा...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पर्वत जिल्लालाई कोरोनाको उच्च जोखिमबाट सुरक्षित राख्ने अभिप्रायले जिल्लामा गठित कोरोना नियन्त्रण समन्वय समितिलाई अत्यावश्यक स्वास्थ सामग्री हस्तान्तरण गर्नुभएको छ । नेता जोशीले शनिबार पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीमार्फत समितिलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । उहाँले...
पर्वत/ब्लड क्यान्सर भएपछि भारतमा उपचाररत पर्वतको कुस्मा नगरपालिका १० पिपलटारी स्थित बितलवका आसुतोस लामिछानेलाई कुस्मामा रहेको अन्नपूर्ण बहुउद्धेश्यीय सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । उपचारमा झण्डै ६५ लाख रुपैयाँ खर्च भएपछि परिवारलाई आर्थिक समस्या भएकाले उपचारमा राहत होस भन्ने हेतुले १० हजार रुपैयाँ आसुतोषकी आमा मन्जु लामिछानेलाई हस्तान्त्रण...
पर्वत/महाशीला गाउँपालिकामा भारत लगायत तेस्रो मुलुकवाट आउने नागरिकहरुको सहयोगका लागि हेल्प डेस्क गठन गरिएको छ । भारत लगायत तेस्रो मुलुकमा रहेका गाउँपालिकावासी आम नागरिकहरुलाइ सम्पर्क समन्वय र सहयोगको लागी गाउँपालिकाका प्रबक्ता जीवन बिक्रम उचैको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलको निर्देशनमा कार्यपालिकाका कर्मचारी प्रशासन...
पर्वत/कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिममा काम गरिरहेका नेपाल पत्रकार महासंघ पर्वतले जिल्लाका ४१ पत्रकारको कोरोना बिमा पत्रकार बीमा गरेको छ । नेपाल पत्रकार महासंघ पर्वतले प्रति पत्रकार रु एक लाखको कोरोना बीमा गराएको गरेको हो । कोरोना संक्रमणको सम्भावना पत्रकारलाई उच्च हुने हुँदा क्रियाशिल पत्रकारहरुको विमा गरिएको महासंघका अध्यक्ष...
पर्वत/पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका प्रति बिचलित नहुन र निर्धक्क भएर लेख्न देशभरका पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियनको २९ औं स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले संचारमाध्यमले औंल्याएका गल्ती सच्याउंदै अघि बढ्न प्रधानमन्त्रीलाई समेत आग्रह...
पर्वत/फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणका कारण मुलुक लडक डाउनमा रहेका बेला पर्वतको फलेवास नगरपालिकाले बाँझो जमिनमा खेती गरे अनुदान दिने निणर्य गरेको हो । उत्पादन बढाउन र खाद्य संकट...
पर्वत/जलजला गाउँपालिकाले आत्मनिर्भर समाजको निर्माण गर्न र घरघरमा स्वरोजगार सिर्जना गर्न कृषि र पशुपालनमा विशेष जोड दिने भएको छ । विश्वभर फैलिएको कोरोना महामारी र त्यसबाट अर्थतन्त्रमा पर्ने नकरात्मक असरलाई मध्यनजर गर्दै गाउँपालिकाले आय आर्जनका कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो । 'गाउँको आर्थिक अवस्थालाई...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले पर्वतमा अपराधीकरणको संस्थागत संरक्षण भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । अध्यक्ष मल्लले मंगलबार एक प्रेस विज्ञप्ती प्रकाशन गर्दै संविधानप्रदत्त अधिकारमाथि धावा बोल्दै व्यक्तिको व्यवसायिक स्वतन्त्रतामाथि हस्तक्षेप र अनर्गल टिका टिप्पणी गर्ने र उश्रृङ्खल प्रवृत्तिका तिनै व्यक्तिलाई कार्यकर्ताको सज्ञा दिएर स्याबासी र पृष्ठपोषण...