पर्वत/यहि भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुका लागि सहयोगार्थ नेपाली काँग्रेस केन्द्रीय राहातकोषमा पर्वत काँग्रेसको समन्वयमा ५ लाख ५३ हजार ९नौ सय ११ जम्मा गरेको छ। नेपाली कांग्रेस पर्वतको समन्वयमा प्राकृतिक विपद परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले नेपाली कांग्रेस पर्वतले सञ्चालन गरेको राहत कोषबाट २ लाख ९० हजार तथा नेता तथा कार्यकर्ताहरूबाट २ लाख ६३ हजार ९सय ११ जम्मा गरेको बुधबार जानकारी गराएको हो।
बाढी, पहिरोलगायतका विपदका कारण प्रभावित नागरिकलाई आवश्यक सहयोग गर्न पार्टीले अघि सारेको राहत कोषमा ,नेपाली काँग्रेस पार्टि पर्वतको राहातकोषबाट २लाख ९० हजार , नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, नेपालिकाँग्रेस पर्वतका पार्टि सभापति युवराज जोशिबाट १लाख १ हजार १ सय ,फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारि बाट ३० हजार ,कुस्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशि बाट ,२० हजार ,नेपाली कांग्रेस पार्टी उपसभापति शिव सुवेदी १५हजार ,जलजला गाउपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य १५ हजार ५ सय ,पैयू गाउपालिकाका अध्यक्ष राज मल्ल १५ हजार कुस्मा नगरपालिका ४ का वडाअध्यक्ष दिनेश श्रेष्ठ१५ हजार कुस्मा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामहरि शर्मा १०हजार ,कुस्मानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष पर्सुराम पुरी बाट१९ हजार ८ सय ,कुस्मा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष सुरेन्द्र केसि बाट १० हजार तथा नेपालिकाँग्रेसका सुभचिन्तबाट ९ हजार , युवा नेता लक्षुमण पाैडेल १हजार १सय ११ ,शिशिर क्षेत्री बाट २४ सय गरि कुल ५लाख ५३ हजार ९सय ११ रूपयाँ जम्मा गरेको केन्द्रीय सदस्य अर्जुन जोशिले जानकारि दएका छन । राहत कोषमा जम्मा गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले विपद्को समयमा पिडित नागरिकको साथमा उभिनु राजनीतिक दलको पनि सामाजिक जिम्मेवारी भएको बतादै उनले संकटमा परेका नागरिकलाई सहयोग पुर्याउन सबैलाई आ–आफ्नो ठाउँबाट सक्दो योगदान गर्न आग्रह गरे।
त्यस्तै, नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशीले राहत कोषमा प्राप्त सहयोगलाई विपदबाट प्रभावित तथा वास्तविक पीडित नागरिकको हितमा उपयोग गरिने बताए । उनले पार्टी नेता तथा कार्यकर्तासहित शुभेच्छुकहरूबाट प्राप्त सहयोगले विपदमा परेका नागरिकलाई राहत पुर्याउन थप सहयोग पुग्ने उल्लेख गरे।यसले पार्टीको सामाजिक उत्तरदायित्व र विपदको समयमा नागरिकसँगै रहने प्रतिबद्धतालाई देखाएको पर्वत कंग्रेस जनाएको छ।
विपद परेका नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व हो’ भन्ने भावनासहित राहत कोषमा सहयोग जुटाउने अभियानलाई निरन्तरता दिइने जनाइएको छ।यस अघिपनि बिभिन्न सामाजिक कार्यतथा बाढि पिडित तर बिपदमा परेका नागरिकलाई सहयोग गर्र्दै आएको नेपालि कांग्रेसका पाटि सभापति युवराज जोशिले जानकारि दिनु भएको हो ।






