रास्वपाको पर्वत सभापतिमा जालबहादुर पुन निर्वाचित

पर्वत/ राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा)को शनिवार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा जाल बहादुर पुन विजयी हुनु भएको छ । रास्वपा पर्वतमा सभापति र सचिव पदका लागि सर्वसम्मत चयन हुन नसकेपछि मतदान गरिएको थियो ।

सभापति पदका लागि दुई जना प्रतिस्पर्धीहरु मैदानमा उत्रिएका थिए । सभापतिका प्रतिस्पर्धी गंगालाल रिमाललाई जाल बहादुर पुनले भारी मतान्तरले पछि पारेका हुन् । रास्वपा जिल्ला पार्टीमा पुराना अगुवा कार्यकर्ता मध्येमा पर्ने पुन लोकप्रिय मानिन्थे । सरल प्रकृतिका पुनले कार्यकर्ता विच लोकप्रियताकै आधारमा जित हासिल गरेका छन् ।

जिल्ला कार्यसमितिका लागि उपसभापतिमा सर्वसम्मत सरु शर्मा चयन हुनु भएको छ भने सचिव पदका लागि भएको प्रतिस्पर्धामा रामेश्वर गौतमले बाजी जितेका छन् ।