पर्वतमा एमालेको वाइक र्याली: जनतामा आफ्नो उपस्थिति बलियो भएको सन्देश

पर्वत/नेकपा एमाले पर्वतले कुश्मा लगायत विभिन्न पालिकामा आज मोटरसाइकल र्याली गरेर जनतामा आफ्नो उपस्थिति बलियो भएको सन्देश दिएको दावी गरेको छ । जेनजी आन्दोलनपछि मुर्झाएको दलीय उपस्थितिलाई एमाले पर्वतले उजागर गरिदिएको छ । २८ गते कुश्मामा जनसभा आयोजना गरेको एमाले पर्वतले त्यसको पूर्व तयारीका लागि आज उक्त मोटरसाइकल र्याली गरेको वताएको छ ।

मोटरसाइकल र्याली पछि कुश्मामा आयोजित कोणसभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य तथा पूर्व मन्त्री पदम गिरीले नेकपा (एमाले)ले अघि सारेको सम्बृद्ध नेपाल सुखी नेपालीको परिकल्पना जि एनजि पुस्ताको लागि भएको बताउनुभएको छ ।

एमालेले राष्ट्रिय कार्यक्रमको रुपमा आयोजना पालिका स्तरीय जनप्रदर्शन कार्यक्रम अन्तर्गत आयोजीत कार्यक्रममा बोल्दै एमाले नेता गिरीले सम्बृद्ध नेपाल सुखी नेपालीको परिकल्पनाकार केपी ओली विरुद्ध अहिले चौतर्फी घेराबन्दी भएको समेत बताउनुभयो । रेलमार्ग, सुरुङ मार्ग, खानी उत्खनननको सपना केपी ओली र सिंङगो एमालेले अघि सारेको सम्बृद्धिका आयोजनाहरु भएको गिरीको भनाई छ ।

कार्यक्रममा बोल्दै गिरीले सम्बृद्धिको परिकल्पना गर्ने राष्ट्रबादी नेतालाई अहिले चौतर्फी आक्रमण भईरहेको समेत बताउनुभयाे । देशलाई सम्बृद्ध बनाउने ओलीको सपनामा देशी विदेशी शक्ति केन्द्रहरु समेत खुशी नभएका कारण आन्दोलनमा घुसपैठ गरीएको गिरीको दावी छ ।

भ्रष्ट्रचारको अन्त्य र सुशासनको प्रत्याभूतिका लागि जिएन जि उमेर समूहले गरेको आन्दोलन आगजनी, लुटपाटका लागि नभएको गिरीको भनाई छ । जि एनजिको आन्दोलनलाई केहि घण्टामा नै नियन्त्रणमा लिएर स्वेदश तथा विदेशका शक्ति केन्द्रहरुले देशमा अराजकता मच्चाएको नेता गिरीले बताउनुभयो ।

पूर्व कानुन तथा स्वास्थ्य मन्त्री समेत रहनु भएका गिरीले लुटिएका हतियारहरु फिर्ता नभएकाे भन्दै वर्तमान सरकारले निर्वाचनको वातावरण बनाउन भन्दा पनि बिगार्न लागेकाे बताउनुभयाे । सरकारका निर्णयहरुका कारण निर्वाचन हुन नसक्ने गिरीकाे भनाई छ ।

उहाँले जि एनजि पुस्ताको आन्दोलनको क्रममा भएको आगजनी, तोडफोड र लुटफाटको विरोध गर्दै त्यस्तो कार्यमा सग्लन्न हुनेलाई सुरक्षा निकायले अझै पनि कारबाही नगरेको बताउनुभयो ।

कुश्मा बजारका विभिन्न चोकहरुको परिक्रमा गरेको मोटरसाइकल ¥याली कुश्माको लोकतन्त्र चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । एमाले कुश्मा नगर कमिटि सचिव जीतबहादुर विकले सञ्चालन गरेको कोण सभाको अध्यक्षता अध्यक्ष किशोर सापकोटाले गर्नुभएको थियो ।