नेपाली काँग्रेस पैयु गाउँपालिकाको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

कार्तिक ७ पर्वत/ नेपाली काँग्रेस पैयु गाउँपालिकाको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । विजयदशमी, दिपावली, नेपाल सम्वत् तथा छठको अवसर पारेर आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले काँग्रेसमा आमुल परिर्वतनको आवश्यकता रहेको बताए । उनीहरुले काँग्रेस सच्चिएर विगतमा भएका गल्ती कमजोरीलाई सुधार गदै अगडी बढ्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महासमिति सदस्य तथा पैयु गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले काँग्रेसमा पार्टीमा व्यक्ति नभई विधान प्रधान हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टी सुधारका लागि संंगठन सुदृढिकरणको आवश्यकता रहेको बताउँदै काँग्रेस सच्चियो भने कसैले हराउन नसक्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा पहिलो संविधान सभाका उम्मेवार गिरीराज गौत्तमले पार्टी कमजोर भएको भन्दै कसरी बलियो बनाउने भन्ने सम्वन्धमा तल्लो तहदेखी केन्द्रिय तहसम्म छलफल चलाउनु पर्ने बताउनु भयो । पैयुँ गाउँपालिका उपाध्यक्ष जसमती गुरुङले पार्टीले जनतामुखी बनाउनु पर्नेमा जोड दिनुभयो । नेपाल तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ले पार्टी सुधारका लागि जोखिम मोलेर भएपनि बोल्नुपने र दबाव गर्ने बेला आएको बताउनुभयो ।

नेपाली काँग्रेस पैयुँ गाउँपालिकाका संयोजक डम्वर प्रधानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पैयु गाउँपालिका २ त्रिवेणीका वडाध्यक्ष भिमसेन गुरुङ, टकलाकका वडाध्यक्ष पिताम्वर भुषाल, नेपाल तरुण दल पर्वतका सदस्य सन्तोष हमाल र युवा नेता गुप्तबहादुर सेन लगायतले पार्टी सदृढिकरणमा जोड दिनुभएको थियो । उक्त कार्यक्रमको संचालन पार्टी सचिव लेखनाथ बस्यालले गर्नुभएको थियो ।