पर्वत/नेकपा एमाले पर्वतको सपथ ग्रहण तथा जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम एउटा समूहले पुरै बहिष्कार गरेको छ । दशौं निर्वाचनमा पराजय व्यहोरेको पदमपाणी शर्मा समुहले सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको हो । विहिबार पार्टी कार्यालयमा भएको सपथ समारोहमा उक्त समुहका कुनै पनि नेता तथा कार्यकर्ताहरु सहभागी भएनन् । कार्यक्रममा निवर्तमान राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना सहित नेकपा एमाले केन्द्रीय सदस्य कल्पना चापागाई, एमाले पर्वतका नेता विकास लम्साल, प्रदेश उपसचीव मन्जु अधिकारी, निवर्तमान अध्यक्ष राजु पौडेल र पदमपाणि शर्मा लगायतका नेताहरुलाई निमन्त्रण गरिएको थियो । तर, उक्त समारोहमा कुनै पनि नेता सहभागी नभएको नेकपा एमाले पर्वतले जनाएको छ । स्रोतका अनुसार तिमिल्सिना र पिएस समुहले विहिवारको सपथ ग्रहण समारोहलाई बहिष्कार नै गरेको हो ।
दशौँ अधिवेशनबाट नेकपा एमाले भित्र गुटगत राजनीति मौलाउदै गएको छ । नेताहरु बीच मौलाउँदै गएको गुटगत राजनीति पछिल्लो समय सतहमै देखिन थालेको छ । बहिष्कारका बावजुत पनि नेकपा एमाले पर्वतको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम भने सम्पन्न भएको छ । गत चैत ३० गते सम्पन्न भएको अधिवेशनवाट निर्वाचित अध्यक्ष बाहेक पदाधिकारी, सदस्य र लेखा आयोगका सदस्यहरुलाई सपथग्रहण गराईएको हो । सो अवसरमा निर्वाचित सवैजनालाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । कार्यक्रमलाई नेकपा एमाले गण्डकी प्रदेश कमिटि अध्यक्ष नबराज शर्मा सहित नेकपा एमालेका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपाली, नेपाल उत्पिडित जातीय मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर वि पौडेल लगायतले सम्बोधन गरे ।
त्यस्तै नेकपा एमाले पर्वतको पहिलो वैठक पनि सम्पन्न भएको छ । वैठकले निर्वाचन सम्पन्न गर्न सवै पक्षवाट सहयोग गर्नेलाई धन्यवाद ज्ञापन, नयाँ कार्यसमितिकिो खाता संचालन, सदस्यता नविकरण र आगामी वैठकबारे विभिन्न निणर्य गरेको छ ।
सपथ ग्रहण कार्यक्रममा निर्वाचनमा पराजित भएको समुह भने सहभागि भएको थिएन । दशौ महाधिवेशनको नेतृत्वका लागि निर्वाचन भएको थियो । निर्वाचनमा उम्मेदवार बनेका पदमपाणी शर्मा समुहका नेता कार्यकर्तादेखि उहाँलाई समर्थन गर्ने केन्द्रिय, प्रदेश र जिल्ला तहका नेताहरु समेत अनुपस्थित रहेका थिए । सपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्न महासचिब शंकर पोखरेल आउने तयारी भएपनि मौसम खरावीले आउन नसकेको बताइएको छ ।