पर्वत/जलजला गाउँपालिका–२ मल्लाजको दहमा सोमबार राति एक दम्पतीकाे हत्या भएको छ । अपरिचित व्यक्तिले ६८ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी अन्दाजी ६५ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । जिसी दम्पतीकाे घरभित्रै हत्या गरेको अवस्थामा मङ्गलबार बिहान भेटिएको वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार घरमा जिसी दम्पती मात्र बस्दै आउनुभएको थियो । घटनाको बारेमा जानकारी पाएसँगै स्थानीय जनप्रतिनिधि र प्रहरीको टोली घटनास्थल पुगेको छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।







