पर्वत/आदर्श अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय कुश्मा नगरपालिका ५ पर्वतको प्राङ्गणमा ३६औं वार्षिक उत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह फागुन १७ १८र २० गते तिन दिनसम्म विविध कार्यक्रमसहित सम्पन्न भयो। पहिलो दिन शुभारम्भ कार्यक्रमको अध्यक्षता विद्यालय सञ्चालन समितिका आध्यक्ष पृथ्वीनारायण शर्माले गर्नुभएको थियो भने प्रमुख अतिथि विद्यालय सञ्चालन समितिका निवर्तमान अध्यक्ष गणेशमान श्रेष्ठले गर्नुभएको थियो। विद्यालय सञ्चालन समितिका कोषाध्यक्ष दिनेश अधिकारी, शिक्षक छनौट समिति संयोजक वसन्त बहादुर सिके र सञ्चालन समिति सदस्य देव शर्माले विशिष्ट अतिथिको आसन ग्रहण गर्नुभएको थियो। शुभारम्भ कार्यक्रममा विभिन्न विधामा उत्कृष्टता हासिल गरेका विद्यार्थीहरू मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममाथि प्रकाश पार्दै विद्यालयका प्रिन्सि पल / संस्थापक हिम बहादुर पौडेल क्षेत्रीले विद्यालयले समयानुकुल जीवनपयोगी प्रविधिमूलक संस्कारसहितको शिक्षा प्रदान गर्दै आएको कुरा बताउनुभयो । विद्यालयले आगामि शैक्षिक सत्रदेखि पर्यटन र अतिथि संस्कार विषयमा शैक्षिक सत्र २०८१/८२ कक्षा ११र १२ सञ्चालन गर्न लागेको र अनुमति प्राप्त गरिसकेको कुरा बताउनुभयो । विद्यालयले आफ्ना उत्पादन गरेका विद्यार्थीहरुलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन लागि परेको कुरा बताउदै सम्पूर्ण अभिभावकहरुको साथ, सहयोग र सकरात्मक सुझावको अपेक्षा गरेको कुरा बताउनुभयो ।विद्यालयले आइएसए,आइओसो प्राप्त गरिसकेको तथा प्रिप्राइमरीमा सिपिएस समेत सञ्चालन गरेको कुरा बताउदै यस्तै धेरै कार्यक्रमहरु सञ्चालन मा रहेको कुरा बताउनुभयो ।

शुभारम्भ कार्यक्रमको प्रमुख अतिथि विद्यालय सञ्चालक समितिका निवर्तमान अध्यक्ष गणेशमान श्रेष्ठले विद्यालयलाई समयानुकूल शिक्षा प्रदान गर्नका लागि सञ्चालक समिति लागीपरेको यस संस्थालाई नापामुखी नभइ सेवामूलक संस्था बनाउन सम्पूर्ण सञ्चालक समिति लागेको कुरा बताउनुभयो ।विद्यालय सञ्चालक समितिका सदस्य तथा शिक्षक छनौट समिति संयोजक वसन्त बहादुर सिके ले विद्यालयले शैक्षिक सुधारका लागि निरन्तर लागेको तथा आफुहरुले शैक्षिक सुधारमा सहयोग गर्दै आएको कुरा बताउनु भयो । शुभारम्भ कार्यक्रमको अन्त्य गर्दै शुभारम्भ कार्यक्रमका अध्यक्ष तथा विद्यालय सञ्चालक समितिका उपाध्यक्ष पृथ्वीनारायण शर्माले पछिल्लो समय विद्यार्थीहरु मोबाइलको प्रयोगले विग्रदै गएको कुरा स्मरण गराउदै अभिभावक स्वयं सचेत भई विशेष निगरानी राख्नुपर्ने कुरा बताउनु भयो साथै विद्यार्थी भाइबहिनी हरु समेत सचेत हुन सुझाव दिनु हुदै शुभारम्भ कार्यक्रमको समापन गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो दिन मुख्य समारोहमा विद्यालय सञ्चालन समितिका अध्यक्ष दयाराम पौडेलको अध्यक्षता कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीको प्रमुख अतिथिको आतित्थता, नगर उपप्रमुख स्वस्थानी रिजाल तथा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख उद्दिमराज पौडेलको विशिष्ट अतिथिको आतिथ्यतामा सम्पन्न कार्यक्रममा पर्वत प्याव्सनका अध्यक्ष श्रीराम पराजुली ,कुश्मा ‘नगरपालिका शिक्षा शाखा प्रमुख दिपक सुवेदी, शिवालय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लेखनाथ पौडेल,प्रतिभा बोडिङ स्कुल पोखराका प्रिन्सिपल किरण सापकोटा , प्याव्सन पर्वतका उपाध्यक्ष विमल पौडेल ,नगर प्याब्सनका संस्थापक तथा नमूना आवासीय मा बि का प्रिन्सिपल इन्द्रमान खत्री ,नगर प्याब्सन संयोजक थानेश्वर ढकाल, प्याब्सन नेपालका पूर्व केन्द्रीय सदस्य तथा कालीगण्डकी एकेडेमीका प्रिन्सिपल वसन्त कुमार कर्माचार्य,नारायण नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक, कुश्मा बलेवा यान्त्रिक पुललिमिटेडका होम नारायण श्रेष्ठ, कालीगण्डकी छापाखानाका सञ्चालक तथा अभिभावक केदारनाथ शर्मा, नेपाली सेनाका सेनानी राजन पाण्डे, होटल बन्दनाका सञ्चालक कृष्णप्रसाद श्रेष्ठ ,लायन्स सरस्वती भन्डारी,मीन शर्मा गुप्तेश्र्वर बहुमुखी क्याम्पसका प्राध्यापकथा अभिभावक कुलचन्द्र पौडेल,शिवालय बहुमुखी क्याम्पसका प्राध्यापक टंकनाथ भुषाल तथा अभिभावक दीपक सुवेदीले मन्तव्य व्यक्त गर्नुभएको थियो । धेरै अतिथिहरुको उपस्थिति रहेको थियो भने प्याव्यसनका सम्पूर्ण पदाधिकारीहरू, विभिन्न संघ संस्थाका पदाधिकारीहरूकोसमेत उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली सेनाको कल्याणकारी कोष अन्तर्गत आदर्श आवासीय मावि इम प्यानलमा समेत रहेको जानकारी दिनुभयो । उहाँले उक्त विद्यालयमा नेपाली सेनाका वहालवाला र भूतपूर्व सैनिकका १० जना सन्ततीहरूले छात्रवृति मा अध्ययनरत रहेको कुरा समेत जानकारी दिनुभयो ।

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य दिदै विशेष अतिथि
शिबालय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लेखनाथ उपाध्यायले विद्यालयले शिक्षा क्षेत्रमा निकै सहयोग गरेको कुरा बताउनु भयो । विशेष अतिथि प्रतिभा बोडिङ स्कुलका प्रिन्सिपल किरण सापकोटाले मोफसलमा रहेको यस विद्यालयले अन्तरास्ट्रिय स्तरको शैक्षिक गतिविधिहरु सञ्चालन गर्न सफल भएकोमा बधाई दिदै आफुहरुले यहाँबाट धेरै राम्राकुराहरु सिक्नु पर्ने कुरा बताउनु भयो।विशिष्ट अतिथि तथा शिक्षा विकास समन्वय इकाइ प्रमुख उद्धिमराज पौडेल शिक्षा क्षेत्रमा निजी विद्यालयको भूमिका अहम रहेको र राज्यले यसलाई पनि हातेमालो गर्दै लानुपर्ने कुरा बताउनुभयो । नगर उपप्रमुख स्वस्थानी रिजालले राज्यले गर्ने सहयोगमा आफूहरू निजी विद्यालयसँग पनि सहकार्य गर्दै जान तयार रहेको कुरा बताउनुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रामचन्द्र जोशीले विद्यार्थीहरू उच्च शिक्षाका लागि बिदेशिने गरेकोमा अब नेपालमा नै बस्ने वातावरण मिलाउन हामी सबैले पहल गर्नुपर्ने कुरा बताउनुभएको थियो। कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले
नाटक, नृत्य, गीत, वक्तृता प्रस्तुत गरेका थिए पनि वार्षिक परीक्षा २०७९ का उत्कृष्ट विद्यार्थी साथै २०८० सालका विभिन्न इसिय, एकेडेमिक तथा सिसिय विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा कक्षा नौ का विद्यार्थीहरुद्वारा प्रस्तुत गरिएको समाजको यथार्थ चित्रण गरिएको नाटक मेरी पनि आमा भएको भए भन्ने नाटकले उपस्थित अतिथि ,अभिभावक,शिक्षक विद्यार्थी भाइबहिनीहरुको आँखा रसाएका थिए।नाटकको निर्देशन इसिय इन्चार्ज नारायण पौडेलले गर्नुभएको थियो भने अभिनय सोनाम कुमारी यादवको समुहले गरेका थिए।त्यसै गरि अन्य मौलिक गीत,नृत्यहरुले समेत भावुक बनाएको थियो ।
विद्यार्थीहरुमा विभिन्न फरकफरक क्षमता हुने भएकोले यसलाई मूल्यांकन गरि धेरै भन्दा धेरै विधाका पुरस्कार वितरण गरिएको कुरा लेखा तथा अभिलेख प्रमुख धर्म बहादुर पौडेलले वताउनु भएको थियो ।
कार्यक्रमको समापन समारोहमा विशेष अतिथि नारायण नमूना माध्यमिक विद्यालयका प्राचार्य प्रकाश रिजालले विद्यालयमा समयानुकूल शिक्षा प्रदान गर्दै अन्तरास्ट्रिय स्तरमा समेत आफुलाई चिनाउन सफल भएकोमा शुभकामना दिनुभयो । कार्यक्रममा नेपाली सेनाका मानार्थ उपसेनानी आदरणीय बुबा शुभचिन्तक झलक पौडेलको समेत उपस्थिति रहेको थियो । तीन दिनसम्म सञचालित कार्यक्रममा उपस्थित प्रमुख अतिथि ,विशिष्ट अतिथि ,विशेष अतिथि र अतिथिहरुलाई विद्यालयको तर्फबाट विद्यालयका सञ्चालक समिति तथा विद्यालयका संस्थापक प्रिन्सिपलबाट सम्पूर्ण प्रमुख अतिथि,विशिष्ट अतिथि,विशेष अतिथि,अतिथिहरुलाई मायाको चिनो वितरण गरिएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन एकेडेमिक इन्चार्ज मिन बहादुर थापा, इसिए इन्चार्ज नारायण पौडेल, प्राइमरी इन्चार्ज अर्जुन सापकोटा, शिक्षक संयोजक दिपेन्द्र लामिछाने र शिक्षिका बबिना श्रेष्ठले गर्नुभएको थियो ।







