पर्वत/नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको वैठकले पार्टीका सबै तहगत संरचनाहरुलाई सांगठनिक रणनीति र योजनाका साथ गतिशील बनाउन प्रदेश, पालिका र ६१ वटै वडा कार्यसमितिलाई निर्देशनात्मक परिपत्र गर्ने निर्णय गरेको छ । पार्टी सभापति युवराज जोशीको अध्यक्षतामा शनिवार कुश्मामा बसेको जिल्ला कार्यसमिति र सल्लाहकारहरुको सामुहिक बैठकले पछिल्लो समय पार्टीको संरचनागत अवस्था निष्कृय हुँदै गएको निष्कर्ष निकाल्दै संगठनलाई गतिशील र चुस्त बनाउन यस्तो आदेशात्मक परिपत्र गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय पार्टीका सबै तहगत संरचनाहरु निष्कृय रहेको र आवस्यक वैठक समेत नबसेको जानकारी जिल्ला कार्यसमितिलाई प्राप्त भएको भन्दै संगठनका गतिविधिहरु चुस्त र गतिशील बनाउनका लागि ६१ वटै वडाका वडा कार्यसमितिलाई यथाशिघ्र बैठक राखी रणनीतिक योजनाका साथ पार्टीका क्रियाकलाप अघि बढाउन र पार्टी वैठकले गरेका निर्णयहरुको प्रतिवेदन तुरुन्त जिल्ला कार्यसमितिलाई पठाउन निर्देशात्मक परिपत्र गर्ने निर्णय गरेको पार्टी सचिव गुप्तनिधि शर्माले जानकारी दिनुभयो । त्यसैगरि सोही वैठकले विधानको व्यवस्था बमोजिम हरेक बर्ष वडा, पालिका, प्रदेश र जिल्ला सम्मेलन गर्नुपर्ने नीति अनुसार आगामी भदौ पहिलो सातादेखि वडा सम्मेलन शुरु गरि पालिका र प्रदेश हुँदै असोज मशान्तसम्म जिल्ला सम्मेलन गर्ने निर्णय समेत गरेको छभने मुलुकभर मनसुनी बर्षा शुरु भएको वर्तमान अवस्थामा बर्षाका कारण बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपहरु र दैवी विपत्तिहरु आउनसक्ने र जनधनको क्षेति हुनसक्ने भएकोले त्यसका लागि उच्च सतर्कता अपनाउन सम्पूर्ण जिल्लाबासीहरुलाई हार्दिक अपिल गर्दै प्राकृतिक विपत्तिमा परेका नागरिकहरुलाई सहयोग गर्न तथा राहत र उद्धारमा खट्न पार्टीका सबै तहका नेता कार्यकर्ताहरुलाई आहन समेत गरेको पार्टी सहसचिव तथा प्रवक्ता अच्युत तिवारीले जानकारी दिनुभयो ।
वैठकमा पार्टी सभापति युवराज जोशी, उपसभापति द्वव डाक्टर चूडामणि शर्मा र शिवप्रसाद सुवेदी, सचिव गुप्तनिधि शर्मा, कोषाध्यक्ष हेम शर्मा पौडेल, सहसचिव तिलक भुसाल, जिल्ला कार्यसमिति सदस्यहरु देवीप्रसाद विलासी, रामबहादुर प्रसाई, शिव शर्मा अधिकारी, टिकाराम भुसाल र मुकुन्द गौतमलगायतले बोल्नुभएको थियो ।






