विश्व विख्यात पंडित चैतन्य कृष्णद्वारा विद्यार्थीलाई नैतिक शिक्षाको प्रशिक्षण

असोज,१२,पर्वत/विश्व विख्यात पंडित चैतन्य कृष्णले पर्वतका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई नैतिक शिक्षा, धर्मको बैज्ञानिक आधार, दैनिक जीवनमा सेवन गर्ने आहारविहारका बारेमा प्रशिक्षण दिनुभएको छ । पण्डित कृष्णले पर्वतको प्रसिद्ध धाम मोदीवेणीमा उनीहरुलाई प्रशिक्षण दिनुभएको हो ।
विद्यार्थीहरुलाई घर, विद्यालय र समाजमा गर्नुपर्ने आदार, दैनिक आनीवानीमा अपानाउने अनुसाषन, रहनसहन, विद्यार्थीहरुको स्मरण शक्ति वढाउने तरिकाका बारेमा पनि प्रशिक्षण दिइएको छ । मोदीबेनीमा जारी गरुडमहापूराण, पितृ उद्धार तथा गिता वाचन कार्यक्रममा चैतन्य कृष्णले विद्यार्थीहरुलाई नैतिक शिक्षाका साथै दैनिक व्यवहारमा अपनाउनुपर्ने आचरणका बारेमा प्रशिक्षण दिनुभएको हो । विद्यार्थीहरुले प्रशिक्षणबाट आफुहरुले पाठ्यक्रमबाट नपाएका थुप्रै ज्ञान पाएको बताएका छन् । नमूना आवसिय माविकी प्रतिभा लामिछाने, भवानी विद्यापिठ माविकी पुष्पा भुसाल, रोश्ना कुँवर लगायतले प्रशिक्षण आफुहरुको जीवनमा निकै महत्वपूर्ण परिवर्तन ल्याउने खालको रहेको बताए । विद्यालयहरुमा नैतिक शिक्षा र संस्कृत शिक्षा हटाउँदा नैतिकता हराउँदै गएको, वलत्कारका घटना बढेको, विद्यार्थीहरुले मुल्य र मान्यता थाहा नपाएको पंडित चैतन्य कृष्णले दावी गर्दै आउनुभएको छ । त्यहि कारण उहाँले विद्यार्थीहरुलाई यसरी प्रशिक्षण दिँदै आउनुभएको छ । विद्यार्थी सहित अन्य भक्तजनहरुको पनि कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो । विद्यार्थीका अभिभावक समेत यो कार्यक्रममा पुगेमा धेरै ज्ञानज्ञुनका कुरा सिक्ने र धर्मको बारेमा पनि प्रवचनका माध्यमवाट जानकारी दिने गरिएको आयोजकले जनाएको छ । मोदीबेनीमा आज नमूना आवासिय मावि, सार्वजनिक मावि र भवानी विद्यापिठ माविका विद्यार्थीहरु सहभागी भएका थिए भने विहान शिवालय माविका विद्यार्थीलाई प्रशिक्षण सञ्चालन गरिएको थियो ।
पितृ उद्धारका लागि गरिएको सामूहीक श्राद्ध कार्यक्रममा आज दुई दर्जनले श्राद्ध गरेर पितृहरुको संझना गरेका छन् । तिथीका श्राद्धहरु यहाँ भैरहेका छन् । यसका साथै गरुडपूराण, पूजाआजा र भजनकिर्तन समेत आयोजना गरिएका छन् । झाँकी, सम्मान, फुलप्रसाद वितरण, प्रवचनहरु सञ्चालन भैरहेका छन् ।