मल्लाजमा भएको जिप दुर्घटनामा १ जनाको मृत्यु, ११ जना घाईते

11

पर्वत/बेनीवाट जलजला गाउँपालिकाको माझफाँट जाँदै गरेकाे जिप बुधबार साँझ दुर्घटनाग्रस्त भएको छ । ग १ ज ५२९६ नम्बरको‌ बोलेरो जीप दुर्घटनामा परेको हो ‌‌।

दुर्घटनामा परि ११ जना घाईते भएका छन् । दुर्घटनामा परि ३७ बर्षको डम्मर बहादुर दमैको मृत्यु भएको र घाइतेहरु मध्ये ३ जनालाइ पोखरा रिभर गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनाको कारण नखुले पनि सडक भिरालो भएका कारण दुघर्टना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनामा घाइते भएका अन्यको बेनि अस्पतालमा उपचार भइरहेको छ।