देशैभर कम्युनिष्टप्रति वितृष्णा र काँग्रेसप्रति आकर्षण बढेको काँग्रेस नेता जोशीको दाबी

पर्वत/नेपाली काँग्रेसका नेता एवं सञ्चार उद्यमी हरि न्यौपाने र युवराज न्यौपानेकी ममतामय माता नन्दकला न्यौपानेको निधन भएको ३० औँ दिनको सन्दर्भमा नेपाली कांग्रेस प्रदेश सभा (ख)ले पर्वतको बिहादी गाउँपालिका–३ रानीपानीमा सोमवार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । शोकसभामा बोल्दै नेपाली काँग्रेसका निवर्तमान केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले स्वर्गिय नन्दकला न्यौपाने समाज परिवर्तन र रुपान्तरणमा अग्रगामी भुमिका खेल्ने महिला भएको स्मरण गर्नुभएको थियो । नेता जोशीले नन्दकलाको निधनले पार्टी र समाजलाई अपुरर्णिय क्षती पुगेको समेत बताउनु भयो । स्वर्गीय नन्दकलाले समाज र लोकतन्त्रकाप्रति देखेको सपना पूरा गरेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो । नेता जोशीले लोकतन्त्र र प्रजातन्त्रका लागि अझैपनि संघर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको बताउँदै कांग्रेस हार्दा मुलुकको लोकतन्त्र र संविधान कमजोर भएको बताउनु भयो । उहाँले कम्युनिष्टहरूले जनताको दैलोमा गएर भोट माग्ने नैतिक आधार समाप्त भएको दावी गर्दै अहिले देशैभर कम्युनिष्टहरूप्रति जनताको वितृष्णा बढेको र काँग्रेसप्रति आकर्षण बढेकोले आगामी निर्वाचनमा कांग्रेसको स्पस्ट बहुमत आउने वताउनु भयो । नेता जोशीले काँग्रेसका सबै नेता तथा कार्यकर्तालाई एक भएर जनताको घरदैलोमा पुग्न आग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका निवर्तमान सभापति खिमप्रसाद भुषाल, पूर्व पार्टी सभापति नवराज गुरुङ, नेपाली काँग्रेस गण्डकी प्रदेशकी सदस्य तथा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण, नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य एवं कुश्मा नगरपालिकाकी उपमेयर सिता काफ्ले लामिछाने, नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य जितवहादुर नेपाली, नेपाली काँग्रेस पर्वतका उपसभापति द्धय डाक्टर चुडामणि शर्मा र शिवप्रसाद सुवेदी, नेपाली काँग्रेस पर्वतका सचिव गुप्तनिधि शर्मा, नेपाली काँग्रेसका कोषध्याक्ष हेम शर्मा, सहसचिव तिलकप्रसाद भुषाल, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी खगेन्द्रप्रसाद तिवारी, बसन्तवहादुर सिके, गंगाधर तिवारी, राधाकुमारी कुवँर क्षेत्री, बिमलराज क्षेत्री, नेपाली काँग्रेस प्रदेश सभा ख की क्षेत्रीय उपसभापति लक्ष्मी कुमारी शर्मा गौडेल, नेपाली काँग्रेस मुडिकुवाका सभापति कृष्ण गौडेल, गण्डकी प्रदेशका प्रदेश प्रतिनिधी गिरीराज गौत्तम, पैयु गाउँपालिकाकी उपाध्यक्ष जसमती गुरुङ,नेपाली काँग्रेस पर्वतका पूर्व जिल्ला सदस्य गोविन्द पराजुली, नेपाल तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’, नेपाली काँग्रेस फलेवास नगरपालिका सभापति हिरामणि सापकोटा, बिहादी गाउँपालिका सभापति बिष्णुप्रसाद भुषाल, पैयुँ गाउँपालिका सभापति डम्मर प्रदान, नेपाली काँग्रेस बिहादी गाउँपालिका–३ रानीपानीका सभापति नवराज पराजुली, नेपाल प्रेस युनियन पर्वतका संस्थापक एवम् नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष ओमप्रसाद घायल, नेकपा एमाले बिहादीका नेता अनिल मास्के र प्रदेश ख का सचिव ठाकुर रसाइली लगायतले शोक मन्तव्य राख्नुभएको थियो ।

नेपाली काँग्रेस प्रदेश सभा (ख) क्षेत्रीय कार्य समिति पर्वतका सभापति प्ररविन गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन क्षेत्रीय सचिव छविलाल तिवारीले गर्नुभएको थियो । कार्यक्रममा परिवारको तर्फवाट धन्यवाद मन्तव्य राख्दै स्वर्गिय नन्दकुमारीका जेष्ठ सुपुत्र हरि न्यौपानेले शोक सभा आयोजना गरेकोमा क्षेत्रीय समितिलाई धन्यवाद दिदै शोकलाई शक्तिमा बदल्न सहानुभूति प्रकट गर्नुहुने सम्पुर्ण नेतागण, आफन्तजन र इस्टमित्रहरुलाई आभार व्यक्त गर्नुभयो ।