ओली सरकार आफैंले अपराधीहरूको संरक्षण गरेको तरूण दलका केन्द्रीय कोषाध्यक्ष गुरूङको दावी

133

म्याग्दी/नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता विद्वान गुरूङले वामपन्थीहरूको सरकारले अपराधीहरूलाई संरक्षण गरेको र जनतालाई सुरक्षा दिन नसकेको वताउनु भएको छ । नेपाल तरूण दल बेनी नगरपालिका वडा नं ५ वडा कार्यसमितिको आयोजनामा गत फागुन २७ गतेदेखि संचालित महाशिवरात्री मेलाको समापन समारोहका अवसरमा मंगलबार प्रमुख अतिथिको रूपमा बोल्दै युवा नेता गुरूङले उक्त कुरा वताउनु भएको हो । नेपाल तरूण दलका प्रभावशाली नेता गुरुङले निर्मला हत्याकाण्डको निष्पक्ष छानविन हुनेहोभने ओली सरकार र यो सरकारका मन्त्रीहरूको असलियत जनताले थाह पाउने दावी गर्नुभयो । नेता गुरुङले अहिलेपनि नागरिकको स्वास्थ्य, सुरक्षामा सरकार कमजोर सावित भएको दावी गर्दै अन्यायमा परेका नागरिकलाई न्याय र अवला दिदीबहिनीहरुको सुरक्षाका लागि तरूण दलको स्थापना भएको वताउँदै समाजको सकरात्मक परिवर्तनमा अग्रणी भूमिका खेल्न युवा तरूणहरूलाई आग्रह गर्नुभएको थियो ।

उहाँले सुख र समृद्धिको सपना बाँडेर चुनाव जितेका बामपन्थीहरू चारबर्ष सम्म आपसी झगडामा केन्द्रित भएर मुलुक र लोकतन्त्रलाई नै अफ्ठ्यारो पारेकोले अब फेरि देशमा नेपाली काँग्रेसको नेतृत्वको सरकार अपरिहार्य भएको दावी गर्नुभयो । नेता गुरुङले मुलुकको हरेक अफ्ठ्यारो परिस्थितिमा नेपाली काँग्रेसले नै निकास दिएको इतिहास साक्षी भएको वताउँदै अब पनि कुनै कम्युनिष्टको भ्रममा नपरी काँग्रेसलाई विश्वास गर्न सबैमा अपिल गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस बेनी नगरपालिकाका उपसभापति यामबहादुर वानियाँ, नेपाल तरूण दल म्याग्दी क्षेत्र क का सभापति अशोक केसी, नेपाली काँग्रेसका जलजलाका सचिव नविन जिसी र नेपाली काँग्रेसका वडा सभापति तेजप्रसाद वानियाँ लगायतले बोल्नुभएको थियो ।

बेनपा-५ पुलाचौरका तरूण दल अध्यक्ष किसान कार्कीको सभापतित्वमा भएको मेला समापन समारोहमा म्याग्दीका तरूण नेता सोभन श्रेष्ठ, नेपाल तरूण दलका केन्द्रीय प्रतिनिधि सोहन श्रेष्ठ, नेपाल तरूण दल पर्वतका सचिव अमृत ठकुरी, जिल्ला सदस्य सुमन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य खेल मैदान समितिका अध्यक्ष नविन खत्रीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विजयी समूहलाई कार्यक्रमका प्रमुख अतिथि विद्वान गुरूङले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।