वीपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्वतमा यी युवाहरूले पाए जिम्मेवारी

पर्वत/वीपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्वतले कार्यसमितिलाई पूर्णता दिएको छ । मञ्चका अध्यक्ष किशोर सुवेदीले सोमवार पर्वतका सक्रिय युवाहरूलाई विभिन्न पदमा पदीय जिम्मेवारी प्रदान गर्दै कार्यसमितिलाई पूर्णता दिएका हुन् । सुवेदीले दिएको जिम्मेवारी अनुसार बरिष्ठ उपाध्यक्षमा सरोज खनाल, उपाध्यक्षमा किशोर उचै, रमेश पौडेल र बलराम सुवेदी, सचिवमा आनन्द खत्री, सहसचिवमा नोदराज रेग्मी अनिल, कोषाध्यक्षमा सम्झना केसी र सहकोषाध्यक्षमा प्रकाश गौतम रहनुभएको छ ।

त्यसैगरि समितिको अन्य सदस्यहरुमा क्रमशः माधवप्रसाद रेग्मी, किशोर लामिछाने, जयबहादुर विक, नविन परियार, विशाल नेपाली, सुस्मिता शर्मा, शैलेश लामिछाने, सुमन सुवेदी, अनिल चापागाईं, नवराज पौडेल, झलक रेग्मी, अप्सरा खत्री, खैसरा परियार, वद्री रेग्मी, मिलन क्षेत्री र सहवाग सापकोटा रहनुभएको अध्यक्ष किशोर सुवेदीले जानकारी दिनुभयो ।

वीपी कोइराला युवा नेतृत्व विकास मञ्च जननायक विश्वप्रसाद कोइरालाको लोकतान्त्रिक समाजवादप्रति आस्था राख्ने विद्याथीहको नेतृत्व तथा व्यक्तित्व विकासका लागि स्थापना भएका युवाहरूको संस्था हो । विगत १० बर्षदेखी मञ्चले देशभरका युवाहलाई संगठित गदै विचारगोष्ठी अन्तरक्रिया र प्रशिक्षण लगायतका कार्य गदै युवाहरुको नेतृत्व विकास गदै आईरहेको छ । मञ्चले देशभर संजाल विस्तार गरिरहेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।