लकडाउनलाई अझै कडाई गर्ने जिल्ला प्रशासन कार्यालय पर्वतको निर्णय

पर्वत/जिल्ला प्रशासन कार्यालय पर्वतले कोरोनाको उच्च जोखिमबाट बच्न लकडाउनलाई अझै कडाई गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले मंगलबार एक सुचना प्रकाशित गर्दै खाद्यान्न लगायतका पसलहरु विहान र बेलुका मात्र खोल्ने नियम जारी गरेको हो । लक डाउनललाई प्रभावकारी पालना गराउनका लागि विहान ७ बजे देखि १० बजेसम्म र बेलुका ४ बजे देखि ७ बजेसम्म मात्र पसल खोल्न पाइने नियम प्रशासन कार्यायलले बनाएको हो ।

सुचना बमोजीम मेडिकल र कृषिजन्य पसल भने सवै समय खुल्ला हुनेछन् । बाँकी पसलहरु विहान र वेलुका मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धनश्याम गौतमले जानकारी दिएका छन् । यस अघि वित्तिय संस्थाहरुलाई पनि बारका आधारमा मात्र खोल्न पाइने नियम प्रशासन कार्यालयले बनाइसकेको छ ।