पर्वत/कुश्मा नगरपालिका-१ पाङ्ग लक्ष्मीनारयायण मन्दिर कुनाचौरमा पाङका पुर्ब प्रधानपन्च एबम जिल्ला पञ्चायत सदस्य तेजनाथ रिजाल, उहाँका धर्मपत्नि गौरी रिजाल र परिवारबाट एकहजार आठ शालिग्राम सहित २० लाख पच्चीस हजारको अक्षयकोष स्थापना गर्नुभएको छ ।
माता पार्वतीको पवित्र जन्मस्थलका रूपमा परिचित पाङलाई धार्मिक पर्यटनको रूपमा विकास गर्ने अभिप्रायले रिजाल परिवारबादबाट उक्त अक्षयकोषको स्थापना भएको हो । सोमवार अखण्ड हरिकीर्तनका साथ १००८ भन्दा बढि शालिग्राम स्थापना गर्दै मन्दिर र शालिग्रामको पुजा तथा व्यवस्थापनको लागि २० लाख भन्दा बढिको अक्षयकोषस्थापना गरिएको तेजनाथ रिजालले जानकारी दिनुभयो । अक्षयकोषलाई थप बलियो बनाउन उहाँका छोरी ज्वाइँ दिदीबहिनी र भाईहरुबाट सोमवार नै अक्षयकोषमा रकम थप गर्नु भएको छ ।
हरिदत्त रिजालका पाँच भाई छोराहरूले ५५ हजार, छोरी ज्वाइँ प्रा डा चन्द्रराज काठमाडौंबाट ११ हजार एकसय ११ ‘ टेक नारायण अधिकारीबाट १० हजार दुईसय, यामप्रसाद शर्माबाट १० हजार एकसय, बैनि पुतली चितवनबाट १० हजार पाँचसय र कृष्णकुमारी दुर्लुङबाट दुईहजार पैसठ्ठी समेत अक्षयकोषमा थप गरिएको छ । यस अक्षयकोषबाट मन्दिर ब्यबस्थापनको साथै पार्वती भुमि पाङ र कुश्मा नगरपालिकाको धार्मिक पर्यटनमा टेवा पुग्ने अपेक्षा गरिएको नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतका अध्यक्ष यामप्रसाद शर्माले जानकारी दिनुभयो ।







