काठमाडौं/नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पेट्रोलियम पदार्थमा लगाइएको करमाथि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तरुण दलले विज्ञप्ति जारी गर्दै थप पाँच रुपैयाँ थपेर जनतामाथि अन्याय गरेको आरोप लगाएको छ । तरुण दलले भनेको छ, ‘हप्तादिन अगाडि मात्र ७० करोडको भ्रष्टाचारको प्रमाण भेटिए पनि संरक्षण गर्न लागि पर्ने राज्यको अबौं भ्रष्टाचारमा संलग्न रहेको नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पेट्रोल, डिजेल र हवाई ईन्धन माथि कर लगाएकोमा तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।’
तरुण दलले अगाडि विज्ञप्तिमा भनेको छ, ‘यसभन्दा पहिले सरकारले भौतिक पुर्बाधार खर्च मार्फत प्रति लिटर पाँच रुपैयांँ लिँदै आएको भए पनि प्रधानमन्त्री केपी ओलीको निर्देशनमा अर्थमन्त्री युवराज खतिवडाको डिजायनमा पाँच रुपैयाँ थपेर जनतामाथि अन्याय गरेको तरुण दलले टुलु टुलु हेर्न नसक्ने अवगत गराउन चाहन्छ ।’
तरुण दलले भनेको छ, ‘नेपालकी छोरी निर्मला पन्तको बलात्कारपछिको हत्या गर्ने हत्यारादेखि अर्बौंको भ्रष्टाचार गर्नेलाई संरक्षण दिन पछि नपर्ने सरकार यती काण्ड, वाईडबडी, कर बृछि काण्ड, न्यारो बडी र हेलिकप्टर चार्टरसहित करोडौं खर्च गरी जन्मदिन मनाएको काण्ड पछिल्लो समय ओली सरकारको एक काण्ड थपिएको थियो ।’
त्यस्तै विज्ञप्तिमा भनिएको छ, ‘यति हुँदा हुँदै पनि जनताले गरेको बिरोधलाई बेवास्ता गर्दै एकोहोरो रुपमा स्थानीय तह, प्रदेश र केन्द्रमा भ्रष्टाचारमा लिप्त भएको ओली सरकारले जनताको अनिवार्य आवश्यक्ताको रुपमा चिनिएको पेट्रोलियम पदार्थमा विकास करका नाममा अनावश्यक कर बृद्धि गर्नुले धान्नै नसक्ने गरी जनतालाई पीँडा थपिदिएको तरुण दलले महशुस गरेको छ ।’
सरकारको नियत झल्काउने गरी तरुण दलले भनेको छ, ‘यस कार्यले महंगीको भार झनै थपिने र जनतालाई झनै बोझ हुने त छंँदैछ अझ संसद नै छलेर बढाईएको मुल्यबृद्धिले संबिधानले नै दिएको संसदीय प्रणालीलाई नै चुनौती दिँदै अधिनायकवाद लाग्ने नालायकी कम्युनिष्ट सरकारको पछिल्लो प्रयासको रुपमा चित्रण भएको छ ।’
तरुण दलले चेतावनी दिँदै अगाडि भनेको छ, ‘ओली सरकारले महंगीको मारमा परेर मुलुकलाई अन्योलै अन्यौलको अवस्थामा पारेर जनतालाई पीँडा थपेको बेला पुनः मध्यमबर्गीय परिवारलाई आवश्यक पर्ने पेट्रोलियम पदार्थमा लगाईएको कर तत्काल हटाउन तरुण दल भ्रष्टाचारी ओली सरकारलाई जोडदार माग गर्दछ ।’
तरुण दलका अध्यक्ष जीतजंग बस्नेतको हस्ताक्षरमा जारी विज्ञप्तिमा थप चेतावनी दिँदै भनिएको छ, ‘ जनताको हितमा गरिएको तरुण दलको मागलाई बेवास्ता गरी जनतामाथि अन्याय नगर्न चेतावनी दिँदै पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता नलिए जनता बिरुद्धको अन्यायका बिरुद्ध सडक आन्दोलन पछि नपर्ने ओली सरकारलाई दल ध्यानाकर्षण गराउन चाहन्छु ।’






