पोखरा/नेपाल तरुण दल पोखरा महानगर इकाई कमिटीले पोखरा बृद्धाश्रमलाई २ थान हिटर सहयोग गरेको छ । नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता विद्वान गुरुङले पोखरा बृद्धाश्रमका कार्यवाहक अध्यक्ष कुसुम केशव पराजुलीलाई इकाइको तर्फबाट हिटर सहयोग हस्तान्तरण गर्नु भएको थियो ।
सहयोग हस्तान्तरण पछि बोल्दै केन्द्रीय कोषाध्यक्ष गुरुङले तरूण दल राजनीतिक र सामाजिक दुवै क्षेत्रमा सक्रिय रहँदै आएको वताउनु भएको थियो । उहाँले समाजमा रहेका हरेक आवश्यकताको पहिचान गरि आवश्यकता र श्रोतको अवस्था मध्यनजर गर्दै हरेक समस्याको समाधानका निम्ति तरुण दल लाग्नु पर्ने कुरामा जोड दिनु भयो । सोही कार्यक्रममा पोखरा महानगर इकाई समिति अध्यक्ष सागर गुरूङले आफूहरूको सानो सहयोगले पनि बृद्धाश्रममा रहेका वृद्ध वृद्धालाई जाडोमा न्यानो होस् भन्ने हेतुले सहयोग गरेको जानकारी दिनुभयो ।
उक्त सहयोग कार्यक्रममा नेपाल तरुण दल कास्की अध्यक्ष मनोज गुरुङ, तरुण नेता सुरज जंग राणा, नेपाल तरुण दल पोखराका उपाध्यक्ष राजन पौड्याल, तरुण दल कास्की उपाध्यक्ष दिपक गुरुङ लगायतले आगामी दिनमा संस्थागत र व्यक्तिगत रुपमा अझै सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।






