ओली सरकार कुहिएको फर्सी हो काँग्रेस नेता जोशी

माघ,३–पर्वत/नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व साँसद अर्जुनप्रसाद जोशीले नेकपा नेतृत्वको वर्तमान सरकारलाई कुहिएको फर्सीको संज्ञा दिनुभएको छ । कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा पर्वतको साविक बाच्छा र पाङराङ गाविसमा पुग्नुभएका जोशीले कार्यकर्ताहरुलाई सम्बोधन गदै नेकपा सरकार बाहिरवाट हेर्दा सग्लो देखिएपनि भित्रभित्रै कुहिएको फर्सी जस्तै भएको टिप्पणी गर्नुभयो ।

यिनीहरुले जनसमुदायमा भ्रम छर्न र भोट प्राप्त गर्न सकेपनि देशको दिर्घकालीन हित र भविष्यका लागि कुनै सार्थक योगदान गर्न नसक्ने उहाँको दावी थियो । सरकारका गतिविधी हेर्दा जनता आत्तिसकेको बताउँदै जनसमुदायमा नेकपाप्रति भ्रम निरन्तर टुट्दै गईरहेको जोशीले वताउनु भयो । ‘प्रारम्भमा यो सरकारप्रति जनताको केही आशा–अपेक्षा थियो । आफूलाई कम्युनिष्ट, सर्वहारावादी, जनवादी,गरिबमुखी, समाजवादी, साम्यवादी आदिइत्यादि भन्न रुचाउनेहरुको पहिलो बहुमतको सरकार बन्दा साँच्चै केही हुन्छ कि भन्ने आशा सर्वसाधारणमा भएपनि सरकार बाहिरवाट हेर्दा राम्रो देखिएपनि भित्रभित्रै कुहिएको फर्सी जस्तै भएको उहाँको दावी थियो ।  ‘हिजो गाउँमा टुकिमा पढ्ने विद्यार्थी, खानेपानीका लागि घटौँ हिँड्ने व्यक्ति, शिक्षा, स्वास्थ्यवाट बञ्चित भएको व्यक्तिले आज अर्जुन जोशीले १८ बर्षमा के ग¥यो भन्ने लाज नमानि भाषण गदै हिँड्छ,–जोशीले भन्नुभयो । ’नेता जोशीले चुनाबको पराजयपछि कार्यकर्तामा निराशा आएको वताउँदै एउटा निर्वाचनमा चुनाब हारेर राजनीति नसकिने दावी गर्नुभयो ।

नेता जोशीले चुनाबमा अफवाह र भ्रमको खेती गरेर निर्वाचन जितेपनि नेकपाको सरकारसँग जनताहरू अत्तालिइसकेको वताउनु भयो । उहाँले सरकारले देशमा भ्रष्ट्राचार गरेकोस हिंसा र हत्याको संरक्षण गरेको र महङ्गी बढाएको वताउँदै काँग्रेसले आजसम्म पर्ख र हेरको अवस्थामा रहेपनि अब भने नेकपा सरकारको ज्यादतीविरूद्घ शसक्त आन्दोलनमा लाग्नुको विकल्प नरहेको धारणा राख्नुभएको थियो ।

नेता जोशीले अब सरकारले गरेका गलत कामहरूको भण्डाफोर गर्ने बेला आएको दावी गर्दै आन्दोलनमा होमिन कार्यकर्तालाई चुल्हेनिम्तो गर्न आफू गाउँ(गाउँमा हिंडिरहेको जानाकारी गराउनु भएको थियो ।  कार्यक्रममा नेपाली काँग्रेसका पाटी सचिव युक्तप्रसाद श्रेष्ठले पार्टी अब एक ढिक्का भएर भएर अगाडि बढ्ने वताउनु भयो । उहाँले विगतमा भएका कमजोरीलाई सुधार गदै आगमी निर्वाचनमा नेपाली काँग्रेसलाई एक नम्वर पार्टी बनाउने दावी गर्नुभयो । पार्टीलाई एक ढिक्का बनाउन आफु निरन्तर लागि परेको बताउँदै संगठन विस्तारमा सबैले ध्यान दिनुपर्ने वताउनु भयो