पर्वत/ नयाँ वर्षको पहिलो दिन सक्रान्ती नुहाउन आएकी महिलालाई कालिगण्डकी नदिले वगाएको छ । कुश्मा नगरपालिका वडा नं. ५ मोदिवेणी स्थित नदी स्नान गरि टिकटक वनाउन लाग्दा चिप्लिएर वगाएको प्रत्यक्षदर्शीले वताएका छन् । टिकटक वनाउन नदिको भिरालो वहाभ भएको स्थानमा जादा उक्त घटना भएको थियो ।
पर्वतको महाशिला गाउंपालिका वडा नं. ५ घरभई पोखरा वस्ने ३८ बर्षिय विष्णु पन्त टिकटकको भिडियो खिच्थे क्रममा नदीले वगाएको एक प्रत्यक्षदर्शीले वताए । विहान ९ वजेको समयमा नुहाएर फर्कने क्रममा उक्त घटना भएको थियो । वेपत्ता भएकी पन्तको शव जैमिनी नगरपालिका-५, विनामारेमा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
यसअघि जिल्ला प्रहरी कार्यालय पर्वत र शसस्त्र प्रहरी वल २५ न. गण चण्डिकाको टोलीले खोजि कार्य तिव्र वनाए थियो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक रविन विष्टका अनुसार ती महिलासँगै उनकी दिदी र दुई छोरा समेत नुहाउन कालीगण्डकीमा गएका थिए । उनीहरुभने सकुसल पर्किएको प्रहरीले जनाएको छ ।







