
गण्डकी प्रदेश सरकार अन्तर्गत रहेको पुर्वाधार विकास कार्यालयले उक्त सडक कालोपत्र गरेको हो । बाँकी रहेको डुम्रेभन्ज्याङदेखि चिसापानी सडक कालोपत्र भएपछि दक्षिण पर्वतका बासिन्दालाई यात्रा गर्न सहज हुने भएको छ । यो सडकबाट पर्वतको पैंयू गाउँपालिकाका सात, विहादीका छ वटा वडाका साथै महाशिला र फलेवास नगरपालिकाका बासिन्दा समेत लाभान्वित हुने भएका छन् ।
सडक कालोपत्र भएपछि सिद्धार्थ राजमार्ग र कालीगण्डकी काेरिडोरबिच पनि सिधा सम्पर्क विस्तार हुनुका साथै बैकिल्पक मार्गको रूपमा समेत प्रयोग गर्न सकिने छ । चालु आर्थिक वर्षभित्रै काम सुरु गर्नेगरी सडक डिभिजन कार्यालयले तयारी गरेको भुर्तेलले बताउनुभयो ।
मन्त्रालयबाट बजेट सुनिश्चित हुने वित्तिकै प्राविधिकहरू फिल्डमा आइसकेकोे र तत्काल निर्माणकार्य समेत सुरु हुने उहाँले बताउनुभयो । १६ किलोमिटर लामो वालिङ-हुवास सडक जिर्ण हुँदा यस क्षेत्रका बासिन्दालाई यात्रा गर्न घण्टौ समय र जोखिम मोल्नुपर्ने अवस्था छ ।







