पर्वत/पर्वत उद्योग बाणिज्य संघको नयाँ नेतृत्व भागबण्डामा चयन भएको छ । १८ औँ अधिवेशनले राजनीतिक भागबण्डामा नेतृत्व चयन गरेको हो । राजनीतिक भागबण्डा अनुसार नेकपा एमालेले ९, नेपाली काँग्रेसले ७, माओवादी केन्द्रले ५ र अन्य दलले ४ सदस्यको नेतृत्व गर्ने सहमती भएसँगै दलीय भागबण्डा मिलेको हो ।
भागबण्डा अनुसार एमालेले अध्यक्ष सहित नेतृत्व गर्ने भएको छ । काँग्रेसले उपाध्याक्ष/कोषाध्याक्ष सहित सदस्य, माओवादीले उपाध्याक्ष/महासचिव सहित सदस्य र अन्यलाई दललाई ४ सदस्य प्रदान गर्ने गरि सहमती भएको एक सदस्यले जानकारी दिए ।
पर्वत उद्योग बाणिज्य संघको अधिवेशनले अध्यक्षमा ठाकुर वि. पौडेललाई चयन गरेको छ । पौडेलले अघिको कार्यसमितिको बरिष्ठ उपाध्याक्ष जिम्मेवारी बहन गरीसकेका छन् । सामाजिक रुपमा सक्रिय पौडेल विगत २ दशक देखि संघका गतिविधिहरुमा सक्रिय हुन् । सुनचाँदी व्यवसायी रहेका पौडेल विभिन्न संघसंस्थामा आवद्ध छन् ।
समितिको महिला सदस्यमा देवी अधिकारी, अनिता सापकोटा रहेका छन् । अन्य सदस्यमा कमलवहादुर जिसी, रमेश शर्मा लामिछाने, नारायणप्रसाद पौडेल, शेरवहादुर चोचाङ्गी, राजन गुरुङ, ढाकाराम सापकोटा, कमल शर्मा लामिछाने, विश्वराज श्रेष्ठ, नारायण पौडेल, प्रदिप तिमिल्सीना, ज्ञानेन्द्र कुमार जोशी, गणेश लामिछाने, कुमवहादुर गर्बुजा, खड्गप्रसाद खनाल, भिमवहादुर नेपाली, बिमल अधिकारी, कृष्णप्रसाद शर्मा, लक्ष्मण शर्मा र शैलेन्द्रकुमार कर्माचार्य चयन भएको निर्वाचन समितिका संयोजक दिलिपराज शर्माले जानकारी दिए । समितिको पहिलो बैठकले पदाधिकारी सहित समिति विस्तार गर्ने जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष पौडेलले पछिल्लो समय आर्थिक गतिविधि सुस्ताएको र व्यवसायीको मनोबल गिर्दै गएको प्रति चिन्ता व्यक्त गदै यो विषयमा सरकारलाई गम्भीर भएर सोच्न आग्रह गरे । उनले आफ्नो ३ बर्षिय कार्यकालमा कार्ययोजना सहित व्यवसायीहरुको हितमा काम गर्ने बताए । अध्यक्षमा चयन भए लगत्तै पौडेलले सदरमुकाम कुश्माबजारको लोकतान्त्रिक चोकमा रहेको शहीद गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण गरेका थिए ।






