जनताको निराशा र कार्यकर्ताको विचलन रोक्न पर्वत काँग्रेसले बढायो राजनीतिक सक्रियता

पर्वत/बदलिंदो राजनीतिक अवस्थासँगै पार्टीमा आएको विचलन र जनतामा देखिएको निरासाको समाधान खोज्न नेपाली काँग्रेस पर्वतले पार्टीका विभिन्न संरचनाहरूको बीचमा क्रमवद्ध संवाद र छलफल कार्यक्रमलाई अघि बढाएको छ । एकसाता अघि मात्रै पार्टीको जिल्ला कार्य समिति र जनप्रतिनिधिहरूबीच मैत्रीपूर्ण छलफल र संवाद गरेको नेपाली काँग्रेसले विहिवार पार्टीका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू, महाधिवेशन प्रतिनिधिहरू र सातै पालिकाका सभापतिहरूसँग छलफल र संवाद गरेको हो ।

वि.पी. स्मृती भवन कुश्मामा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री एवं कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले आफ्ना जनप्रतिनिधीहरु माथि साईवर आक्रमण हुँदा सच्चा नेता कार्यकर्ताले संरक्षण गर्नुपर्नेमा सो हुन सकेको वताउनु भयो । पाटीमा क्रमशः भावनात्मक एकतामा कमी हुँदै गएकोले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सहमहामन्त्री जोशीले स्थापनाकालदेखि जनताको अधिकारको खातिर पार्टी नेतृत्वले गरेको योगदान र इतिहासलाई बिर्सेर आफ्नो विवेक नगुमाउन काँग्रेस कार्यकर्तालाई आग्रह गर्दै बदलिँदो परिस्थितिमा अझै धैर्यवान र इमान्दार भएर जनतामा आएको निराशालाई आशा र विश्वासमा रूपान्तरण गर्न आ-आफ्नो स्थानबाट सक्दो योगदान गर्न र पार्टीलाई चुस्त र सुसंगठित ढंगले अघि बढाउनका लागि थप जिम्मेवारीपूर्वक लाग्न आम कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पार्टी सभापति युवराज जोशीले साढेसात दशकको लामो र ऐतिहासिक यात्रा पार गरेर आएको नेपाली काँग्रेसप्रति आम नागरिकबाट गरिने अपेक्षा र आलोचना दुवै विषयलाई शिरोधार्य गरेर अघि बढ्न आफू तयार रहेको वताउनु भएको थियो । उहाँले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले स्थानीय तहदेखि प्रदेश र संघीय सरकारले राम्रो काम गरे पार्टीमा आएको निराशा र विचलन कम हुने दाबी गर्दै जनप्रतिनिधिहरूलाई जनताको भावना बुझेर काम गर्न सुझाव दिनुभयो ।

सभापति जोशीले मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई लिएर कार्यकर्ताहरुमा व्यापक निरासा बढ्दै गएको र केहीले पार्टी परित्याग गरेको विषयले नेपाली काँग्रेस पर्वत गम्भीर भएको वताउँदै राजनीतिक जीवनमा वेलावखत आउने यस्ता उतारचढावबाट विचलित भएर पार्टीबाटै अलग हुने कुरा उपयुक्त नहुने भन्दै यस्तो निर्णयमा पुनर्विचार गरि पुनः पार्टीमा फर्कन उहाँले सबैलाई आह्वान समेत गर्नुभयो । सभापति जोशीले मंसीरमा सम्पन्न संघ र प्रदेशको निर्वाचनमा मतले चुनाव हारेपनि मनले झनै दृढ संकल्पित भएर संगठन निर्माणका लागि पर्वत काँग्रेसले निरन्तरता र सक्रियता थप बढाएको जानकारी दिँदै कार्य सम्पादनका क्रममा आफूबाट केही कमीकमजोरी भएको भए आपसी संवाद र छलफलबाट समाधान खोज्न आफू सँधै तयार रहेको वताउनु भएको थियो ।

बैठकमा नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य एवं सभापतिका प्रत्यासी यामबहादुर मल्ल (रामकृष्ण)ले कार्यकर्तामा आएको निराशालाई रोक्न नेतृत्वतहबाटै अझ बढि संवाद र सहकार्यको आवस्यकता रहेको वताउनु भयो । मल्लले देशको हरेक राजनीतिक परिवर्तनको नेतृत्व गरेको काँग्रेसले नै आर्थिक समुन्नतीको नेतृत्व र अगुवाइ पनि गर्ने विश्वास व्यक्त गर्दै यसका लागि काँग्रेसले अघि सारेका नीति तथा कार्यक्रमको अध्ययन गर्न र अझै केही समय पार्टीलाई विश्वास गर्न आम कार्यकर्ताहरूमा आग्रह समेत गर्नुभयो ।

बैठकमा उपसभापति डाक्टर चूडामणि शर्माले पार्टीलाई अझ बढि सुदृढ, सुव्यवस्थित र अनुशासित बनाउने सन्दर्भमा हरेक नेता, कार्यकर्ता, शुभचिन्तक र मतदातासम्मका सुझाव र सल्लाह लिँदै अब काँग्रेस प्रत्येक कार्यकर्ताको विचार र भावनालाई आत्मसात गर्दै बार्षिक कार्ययोजना बनाएर जनताको घरदैलोमा पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अर्का उपसभापति शिवप्रसाद सुवेदीले पार्टीका सबै तहका साथीहरूसँग संवाद र छलफल गर्ने, पार्टी भित्रको वेमेललाई एकता र विश्वासमा रूपान्तरण गर्ने र सबै सांगठनिक संरचनाहरूलाई थप गतिशील, अनुशासित र मजवुत बनाउन सबैले आआफ्नो ठाउँबाट थप योगदान गर्नुपर्ने धारणा राख्नु भएको थियो ।

पाटी नेता खगेन्द्र प्रसाद तिवारीले पाटीमा पद हुने र नहुने विचको खाडललाई अन्त्य गरी योगदानको सम्मान भएमा पाटी वलियो वन्ने वताउनु भयो । उहाँले कार्यकर्ताको मात्रै नभएर प्रत्येक मतदाताको समेत अपेक्षा संकलन गरि ती अपेक्षा पुरा गर्न पार्टी स्थानीय सरकार देखि प्रदेश र केन्द्र सरकारसम्म दवाव सिर्जना गर्नुपर्ने धारणा राख्नु भयो ।

बैठकमा पार्टी सचिव गुप्तनिधि शर्माले संगठन सुदृढीकरणको यो अभियान पुरा गर्नका लागि पदीय जिम्मेवारीमा भएकाहरूले मात्र गरेर सम्भव नभएको भन्दै जिम्मेवारीभन्दा बाहिर रहनुभएका साथीहरूको समेत सहयोग र सहकार्य जरूरी रहेको वताउनु भयो । उहाँले पार्टी निर्माणको यो अभियानमा काँग्रेसले सबै तहका कार्यकर्ताहरूको रचनात्मक सहयोगको अपेक्षा गरेको दावी गर्नुभयो ।

बैठकमा पाटी नेता एवम् निवर्तमान पाटी सचिव विश्वप्रकाश प्रसाईले जिम्मेवार युवाहरुले पाटी परित्याग गर्नुलाई सामान्य रुपमा लिन नहुने वताउनु भयो । पाटी परित्याग गरेको तर अन्य पाटीमा प्रवेश नगरेको वर्तमान परिस्थितीमा यथासंभव साथीहरुको असन्तुष्टीलाई संवोधन गर्नुपर्ने भन्दै थप क्षती नहोस भन्ने तर्फ ध्यान दिन जिल्ला कार्य समितिलाई अनुरोध गर्नु भयो ।

समिक्षाको क्रममा पाटीका गण्डकी प्रदेशका सदस्य, मिना केसी सिता काफ्ले लामिछाने, फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, क्षेत्रीय सभापति राजकुमार क्षेत्री, जिल्ला कार्य समिति सदस्य गणेश वहादुर क्षेत्री, सल्लाहकार सदस्य थम्मनसिंह थापा, पुर्व क्षेत्रीय उपसभापति गोविन्द प्रसाद पाध्या,जिल्ला सदस्य हरेम वहादुर खत्री, फलेवास नगर सभापति हिरामणी सापकोटा, मोदी पालिका पाटी सचिव कृष्णवहादुर मल्ल लगायतले विद्यमान परिस्थिती र पाटीको भविस्यको वारेमा आआफ्नो धारणा राख्नु भएको थियो । जोड दिनुभयो ।

समिक्षा कार्यक्रम पाटी सभापति युवराज जोशीको सभापतित्व एवम् पाटी सचिव गुप्तनिधी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।