पर्वत/नेपाली काँग्रेस पर्वतको कार्यवाहक सभापतिको जिम्मेवारी पार्टीका उपसभापति डाक्टर चूडामणि शर्माले प्राप्त गर्नुभएको छ । पार्टी सभापति युवराज जोशीले आफू व्यक्तिगत कामले केहीदिन देशबाहिर जानुपर्ने भएकाले पार्टीको विधानको परिच्छेद-३ को धारा १२ को उपधारा ७(ट) को व्यवस्था अनुसार आफू जिल्ला नफर्कुञ्जेल का लागि उपसभापति डाक्टर शर्मालाई उक्त जिम्मेवारी दिइएको जानकारी दिनुभएको छ । पार्टी सभापति जोशी केही दिनका लागि आफ्नो व्यक्तिगत कामले भारत प्रस्थान गर्नुभएको वताइएको छ ।







