पर्वत/बाम-लोकतान्त्रिक गठवन्धनको संयुक्त चुनावी सभा पैयुँ गाउँपालिकाकाको हातेमालोचोक सम्पन्न भएको छ । सभामा वोल्ने गठवन्धनका नेता तथा उम्मेदवारहरुले पर्वतमा आफ्नो विजय सुनिश्चित भएको तर प्राविधिक नतिजाको पर्खाईमा रहेको दावी गर्नु भएको छ ।
नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य पदका संयुक्त गठवन्धनका साझा उम्मेदवार अर्जुनप्रसाद जोशीले आफू दक्षिण पर्वतको जनप्रतिनिधीका रुपमा काम गर्ने अवसर नमिलेको तर पाटीको नेताको हैसियतले दक्षिण पर्वतको हरेक विकास निर्माणमा भुमिका खेल्दै आएको वताउनु भएको छ । आफ्नो पाटीले आफ्नो पहलमा शुरुवात गरेका विकास अभियानलाई पुर्णता दिन जिल्लाकै मतदाता सामु मत माग्न आएको वताउदै गठवन्धनले जनतासामु गरेका वाचा कहिल्यै नभुल्ने वताउनु भयो । वर्तमान चुनाव प्रतिगमन र अग्रगमन विचको प्रतिस्पर्धा भएकोले संविधानको रक्षा, राजनीतिक स्थिरता र राष्ट्रिय सम्वृद्धीका लागि गठवन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गर्दै आफ्नो विजय सुनिश्चत भएको दावी गर्नु भएको छ ।

यसै गरी सभामा संयुक्त गठवन्धनका प्रदेश सभा सदस्य पदका साझा उम्मेदवार ऋषीकेश तिवारीले देशले राजनीतिक युद्ध पूरा गरेको भन्दै नेपाली कांग्रेसको नेतृत्वमा शिक्षा, स्वास्थ्य, खानेपानि, सडक विद्युतका क्षेत्रमा धेरै उपलव्धीहरु हासिल गरेको भन्दै यी उपलव्धीलाई पुर्णता दिन गठवन्धनको विजय जरुरी भएको वताउनु भयो । उहाँले अब भौतिक विकासका साथमा उद्यमशिलता र आर्थिक विकासमा जोड दिनुपर्ने वताउनु भयो ।
सभामा नेकपा माओवादीका केन्द्रीय सदस्य गुप्तवहादुर हमाल, नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य मोति पौडेल, नेपाली कांग्रेसका निवर्तमान सभापति खिमप्रसाद भुषाल, पुर्व सभापति नवराज गुरुङ, नेकपा माओवादीका प्रदेश उपाध्यक्ष गुणाखर वस्याल, प्रदेश सचिवालय सदस्य उमाकान्त भुर्तेल, नेपाली कांग्रेसका नेता खगेन्द्र तिवारी, महाधिवेशन प्रतिनिधी राजेन्द्र तिवारी, नेपाली काँग्रेसका युवा नेता एवं जिल्ला अनुगमन समितिका संयोजक विश्वप्रकाश प्रसाई, नेकपा एकीकृत समाजवादीका उपसचिव विराज हमाल, कास्की २ का अध्यक्ष वेनीप्रसाद गुरुङ लगायतले गठवन्धनले विजय हासिल गर्न नसकेमा हालसम्मका राजनीतिक उपलव्धीहरुको अन्त्य हुन सक्ने वताउनु भयो ।
गठवन्धनको पयुँपालिका स्तरीय बृहत् चुनावी सभा नेपाली कांग्रेस पयुँका अध्यक्ष डम्वर प्रधानको अध्यक्षता, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य रेशम लाल सापकोटाको स्वागत एवम् सन्तोष शर्माको संचालनमा सम्पन्न भएकोथियो ।







