पर्वत/नेकपा एमालेको प्रचारप्रसार तथा घरदैलो अभियान औपचारिक रुपमा शूरु भएको छ । मंगलवार विहान पत्रकार सम्मेलन गरि प्रतिनिधी सभाका उम्मेदवार र प्रदेश सभाका उम्मेदवारहरुले जनताको घरदैलोमा पुगेर साक्षात्कार गर्ने वताएका छन् । पत्रकार सम्मेलनमा वौल्दै प्रतिनिधी सभाका उम्मेदवार पदम गिरिले फेरिपनि पर्वतमा एमालेको जनलहर आएको वताएउदै आफुले अघिल्लो निर्वाचनमा भन्दा अझै फराकिलो मतान्तरले विजय हुने वताउनु भएको छ ।
अघिल्ल्लो कार्याकालमा पर्वतको विकासका लागि दिनरात नभनी खटेको वताउदै पर्वतमा खानेपानी , विद्युत , सडक शैक्षिक क्षेत्रको विकासका लागि भौतिक पुर्वधार निर्माणका कामहरुले गति लिएकोमा अपूराकामहरु आफुले जितेर समृद्ध पर्वत वनाउने सपना रहेको उहाले वताउनुभयो । आफ्नो कार्यकालमा पर्वतका जनताको प्रतिनिधित्व गर्दै हरेक विषयमा संसदमा आफुले कुरा राख्र्दै आएको पनि उहाले स्मरण गराउनु भयो ।
पत्रकार सम्मेलनमा वौल्दै प्रदेश सभा क का उम्मेदवार भक्त कुवंरले पर्वतको आफ्नो निर्वाचन क्षेत्रमा नमुना काम गर्दै समृद पर्वत वनाउने वताउनु भयो मुख्यागरि कृिष, स्वास्थ्य शिक्षा, खानेपानी पर्यटन प्रवद्र्धन र महिलाहरुको उद्यमशिलता विकासमा पहल गर्ने वताउदै प्रदेश सभामा पर्वतवासीको प्रतिनिधित्व गर्दै हरेक विषयमा दरिलो उपस्थिती रहने वताउनु भयो । विभिन्न निकायमा हुने भ्रष्टाचारका विरुद्ध आफु डटेर लाग्ने समेत प्रतिवद्धता व्यक्त गनू भयो । तेसैगरि प्रदेश सभा ख का उम्मेदवार मित्रलाल वस्यालले दक्षिण पर्वतको विकासका लागि आफ्नो उम्मेदवारी अवसरको रुपमा आएको वताउदै दक्षिण पर्वतको विकासमा आफु निरन्तर लाग्ने र निर्वाचन क्षेत्रमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षालाई पहिलो प्राथामिकतामा राखेर विकास गर्ने वताउनु भयो । आफनो उम्मेदवारीले दक्षिणका मतदाताहरु उत्साहित भएको समेत उहाले वताउनु भयो ।
नेकपा एमालेको मंगरवार वाट शूरुभएको चुनावी अभियानमा निर्वाचन अयोगको निति नियममा रहेर पार्टीले चुनावी प्रचार गर्ने र विषेश गरि जनताको घरदैलोमा पुगेर जनताका समस्यहरु वुझ्ने र जनतासंग साक्षाकार गर्ने निर्वाचन परिचालन कमिटीका संयोग पदमपाणी शर्माले वताउनु भएको छ । कार्तीक १ वाट सुरु गरिएको निर्वाचन प्रचारप्रसार कार्यक्रम अन्र्तगत आजै प्रदेश क अन्र्तगत जलजलाको माझफाट बाट र प्रदेश ख अन्र्तगत पंयूको हूवासवाट अभियान शुरु भएको नेकपा एमाले पर्वतले जनाएको छ ।






