भिर्ने झोलाको अपार सफलता पछि कृष्ण अखेलीले ल्याए-‘ढाँचा पार्यो नभने’

पर्वत/’भिर्ने झोलामा’ गीतले सर्वाधिक चर्चा कमाएका गायक एवं संचारकर्मी कृष्ण अखेली र सरस्वती लामिछानेको फेरी ‘ढाँचा पार्यो नभने’ बोलको गीत सार्वजनिक गरेका छन । फरक शैलिबाट निर्माण गरिएको उक्त दोहोरी गितको शब्द र लय भने सर्जक शिव अखेलीले गरेका हुन ।

कृष्ण विके भाञ्जाको एरेञ्जमा निर्माण भएका गितमा अहिलेका चर्चित मोडल सुनिल क्षेत्री र प्रेरणा आचार्यले अभियन गरेका छन । सुनिल क्षेत्रीकै निर्देशनमा बनेको उक्त गित पोखराका साथै पर्वतको कुश्मा र बागलुङको बलेवा जोडेर बनाईएको बञ्जी जम्प र द क्लिफ रिर्सोटमा छायांकन गरिएको छ ।

सरस्वती लामिछाने युवट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त गित जनता डिजिटल फिल्मस मार्फत अमृत चापागाईले सम्पादन गरेका छन । गायक अखेली र गायिका लामिछानेले लोकगित संगितमा लामो समय देखी सहयात्रा गर्दै आएका छन । उनिहरुले गाएका यस अघि भिर्ने झोलामा लगायतका विभिन्न तिजका गितहरुले सफलता पाएका थिए ।