पर्वत/हिजो नीति तथा कार्यक्रम पारित गरेको पैयुँ गाउँपालिकाले आज बजेट सार्वजनिक गरेको हो । पैयुँमा ४३ करोड ६५ लाख २२ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको छ । चालु तर्फ २३ करोड ८३ लाख रुपैयाँ र पूँजीगत तर्फ १९ करोड ८२ लाख २२ हजार रुपैयाँ बिनियोजन भएको छ । गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम हिजो नै गाउँसभाले पारित गरेको छ ।
विहिवार सभामा उपाध्यक्ष जसमती गुरुङले वार्षिक बजेट सार्वजनिक गर्नुभएको हो । पैयुँले कोभिड १९ रोकथामलाई प्राथमिकता दिएको छ ।
यस्तै गाउँपालिकाले बाँझो जमिनको उपयोग गर्ने, बैदेशिक रोजगारीबाट फर्किएका यूवालाई रोजगारी सृजना लाई पनि जोड दिएको छ । गाउँपालिकाको भवन निर्माण, कोभिड अस्पताल निर्माण, खेलमैदान निर्माण, सडक स्तरउन्नती तथा कालोपत्रे गर्ने लगायतका कार्यक्रम पैयुँको नीति तथा कार्यक्रममा उल्लेख छ ।






