कुश्मा नगरपालिकाद्वारा ७५ करोड २९ लाखको बजेट सार्वजनिक

पर्वत/कुश्मा नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । कुश्मा नगरपालिकाको सम्पन्न सातौँ नगरसभाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि रु ७५ करोड २९ लाख रुपैया बराबरको बजेट सार्वजनिक गरेको हो ।

विनीयोजित रकम मध्ये प्रशासनिक खर्च तर्फ रु १५ करोड बिनीयोजन गरिएको छ । बजेट मध्ये नेपाल सरकारवाट प्राप्त वित्तिय समानीकरण अनुदान रु १४ करोड १५ लाख, गण्डकी प्रदेशवाट १ करोड ६७ लाख, राजश्व वाँडफाँडवाट प्राप्त हुने ८ करोड, ८३ लाख २० हजार तथा गण्डकी प्रदेश सरकार र नेपाल सरकारवाट विभिन्न शिर्षकमा प्राप्त हुने अनुदान र आन्तरिक आय समेत बजेटमा समाबेश गरि प्रस्तुत गरिएको छ ।
बजेटमा समपुरक कोषतर्फ २ करोड ५० लाख, सामाजिक विकास तर्फ रु.१ करोड तथा आकस्मिक कोष/प्रकोप व्वस्थापन कोषमा ४५ लाख बिनीयोजन गरिएको छ । कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा कोरोना भाईरस रोकथाम, लगायत स्वास्थ्य क्षेत्रमा रु ५ करोड ८१ लाख रुपैया बिनीयोजन गरेको छ ।

शिक्षा तर्फ रु २९ करोड ५५ लाख, कृषि क्षेत्रका १ करोड ११ लाख र पूर्वाधार तर्फ ८ करोड १६ लाख रुपैया बिनीयोजन गरेको छ । कुश्मामा घण्टाघर निर्माणका लागि रु ५० लाख रुपैया बिनीयोजन गरिएको छ भने जेष्ठ नागरिक दिवश सेवा केन्द्र स्थापनाका लागि २ करोड २६ लाख रुपैया बिनीयोजन भएको छ । त्यस्तै मानिवय विकासका लागि रु ७० लाख र न्यायिक समितिलाई १४ लाख रुपैयाँ बिनीयोजन गरिएको छ । नगरपालिकाले सञ्चार क्षेत्रका लागि रु.१० लाख रुपैया बिनीयोजन गरेको छ । नगरसभामा नगरप्रमुख रामचन्द्र जोशीले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले आफ्नो कार्यकाल अन्तिम चरणमा आएको बताउँदै कुश्मा नगरपालिकालाई समृद्ध नगर बनाउन सफल भएको बताउनुभयो ।

सो अवसरमा उपप्रमुख सिता काफ्ले लामिछानेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो । सातौ नगरसभाले विनीयोजन विधयक र आर्थिक विधेयक र ऐन समेत पारित गरेको छ ।