पर्वत जिल्लामा थप १३ जनामा कोरोना पुष्टी: संख्या २२ पुग्यो

पर्वत/जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै पर्वतमा संक्रमितको संख्या २२ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार पर्वतमा थपिएका संक्रमित मध्ये कुस्मा नगरपालिकाका १० जना रहेका छन । पछिल्लो संक्रमण पुष्टि भएका मध्ये एक जना मणिपाल शिक्षण अस्पतालमा एक जना उपचारत रहेका छन भने अन्य सबै क्वारेन्टाईनमा रहेका छन् ।