पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेपाली काँग्रेस मोदी गाउँपालिका वडा नं. ८ चित्रेका वडा समितिका सहसचिव एवं नेपाल शिक्षक संघ मोदीका सदस्य शालिकराम पौडेलको निधनबाट नेपाली काँग्रेस र समग्र शैक्षिक आन्दोलनलाई अपुरणीय क्षति पुगेको वताउनु भएको छ । केन्द्रीय सदस्य जोशीले मंगलवार स्वर्गिय पौडेलको निवासमै पुगेर उहाँप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले शालिकराम पौडेलको निधनबाट काँग्रेसको सांगठनिक अभियानलाई ठूलो क्षति पुगेको वताउनु भयो । सोही कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका संयोजक शिब शर्मा अधिकारी, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य डा. चुडामणि शर्मा, नेपाली काँग्रेस चित्रेका सभापति भीमप्रसाद लम्साल, उपसभापति तिलक पौडेल लगायतले स्वर्गिय पौडेलले पु¥याएको सामाजिक तथा राजनीतिक योगदानको चर्चा गर्नुभएको थियो । पौडेलको ६५ बर्षको उमेरमा यही जेठ १३ गते विहान निधन भएको थियो ।







