फलेवासमा आएका नयाँ प्रशासकीय अधिकृतलाई नगर प्रमुखद्वारा स्वागत

पर्वत/फलेवास नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत फेरी परिवर्तन भएका छन् । यस अघि कार्यरत सुरेश न्यौपाने सह सचिबमा नाम निकालेर गएसंगै नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा मुक्तिराम रिजाल आउनुभएको हो । उहाँ उद्योग बाणिज्य आपुर्ति मन्त्रालयबाट फलेवास नगरपालिकामा सरुवा हुनुभएको हो । आईतबारदेखि आफ्नो कार्यभार सम्हाल्नुभएका रिजाललाई फलेवास नगरपालिका प्रमुख पदमपाणी शर्मा, उपप्रमुख मञ्जु अधिकारी, र अन्य जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गर्नुभएको हो ।
स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख पदमपाणी शर्माले फलेवास नगरपालिकालाई नेपालमै नमुना बनाउनेगरी दिर्घकालीन योजनाका साथ अघि बढेको बताउँदै नगरको चौतर्फि विकासमा सक्रियताका साथ लाग्न आग्रह गर्नुभयो ।जुनसुकै निकायलाई प्रभावकारी बनाउन कार्यालय प्रमुखको भूमिका महत्वपुर्ण हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख मञ्जु अधिकारीले समग्र नगरको हितलाई ध्यान राखेर कामकाज गर्न आग्रह गर्नुभयो । स्वागत कार्यक्रममा बोल्दै नवआगन्तुक प्रमुख प्रशासकिय अधिकृत रिजालले जनप्रतिनिधि र कर्मचारीहरुले गरेको स्वागतले आफुलाई उत्साह जागेको बताउनुभयो । उहाँले समग्र नगरको विकासका लागि आफ्ना अनुभवहरुलाई पुर्ण रुपमा व्यवाहारमा उतार्ने प्रतिवद्धता व्यक्त गर्दै जनप्रतिनिधिहरुसँग समन्वय र सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।