पर्वत/पछिल्लो समय सामाजिक सञ्जाल युट्युबमा निकै नै भाईरल बनेकी बाल गायिका कमला घिमिरे हिजको आगमनले पर्वत महोत्सवमा दर्शक हरुको भिड लागेको थियो । जव उनलाई स्टेजमा लगिएको थियो उनि संग सेल्फी खिच्नेहरुको भिड नै लागेको थियो । खासगरी स्कूले वालवालिकाहरु उनको प्रस्तूति हेर्न र फोटो खिच्न झुम्मिएका थिए । छोटो समयमा वालगायिका घिमिरे चर्चित हून पूगेकी छन् ।
त्यसै गरि वेलूका ६ वजे पछि चर्चित गायिका तथा मोडल मेलिना राईको प्रस्तुति अझ दमदार रहेको थियो । उनको गितमा दर्शकरु वेलूका सम्म झुमेका थिए । दर्जन भन्दा भढी गित प्रस्तूत गरेकी गायिका राईको गित सुनेर दर्शकहरु मैदान छाड्न नै मानेका थिएनन् । राती ९ वजे सम्म उनले पर्वतेली दर्शकहरुलाई भरपूर मनोरन्जन दिएकी थिईन । तर उनको सम्वोधनमा वाग्लूडको पर्वत भन्दा दर्शकहरुले असहज महशूस गरेका थिए। राईलाई पर्वत छुट्टै जिल्ला भन्ने अज्ञानता हो या वाग्लूडको अभिन्न अंग संझेकी हून थाहा भएन तर उनले पटक पटक वाग्लूडको पर्वत भनेकी थिइन ।
माघ ९ देखि १९ सम्म सदरमुकाम कुश्मा बजारको बडगाउँमा संचालित छैठौ पर्वत महोत्सवमा आज छैठौ दिन लोकपृ-य कलाकार प्रजापती पराजूली,कूलेन्द्र विक लगायतका कलाकारको प्रस्तूति रहने आयोजकले जनाएको छ ।
त्यसै गरि पालिका स्तरीय भलिवलमा सेमी फाईनलका गेम हरु चलिरहेका छन् । थकाली समूदायमा अति लोकपृ-य खेल तारो हान्ने खेल पनि हिजो वाट शूभारम्भ भएको छ । जून खेल हेर्न दर्शकहरुको भिड नै लागेको छ ।
छैठौं पर्वत महोत्सवको पाचौ दिन सम्म एक लाख दर्शकले अवलोकन गरेको र २ करोड भन्दा वढीको व्यापार भएको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक केदारनाथ शर्माले वताउनू भयो ।






