वीपी स्मृति भवनका लागि काँग्रेसका युवा नेता मल्लद्वारा साढे पाँचलाख रुपैयाँ सहयोग

पर्वत/जिल्लामा निर्माणाधिन वीपी स्मृति भवनका लागि नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष तथा काँग्रेस युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले पाँचलाख पचपन्न हजार पाँचसय पचपन्न रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । भवन निर्माण समितिका कोषाध्यक्ष समेत रहेका मल्लले पार्टीको सुविधासम्पन्न भवन निर्माणका लागि सहयोग गर्न पार्टीका सबै भातृ तथा शुभेच्छुकहरुलाई अपिल समेत गर्नुभएको छ । ‘निर्माणाधिन पार्टीको भवन एउटा भौतिक संरचना मात्रै नभएर सिंगो काँग्रेसको आस्थाको मन्दिर भएकोले आ–आफ्नो हैसियत अनुसारको सहयोग सबैले गर्नुपर्छ ।’–कोषाध्यक्ष मल्लले भन्नुभयो ।

काँग्रेसका युवा नेता मल्लले समाचारवाणीसँग कुराकानी गर्दै पर्वत काँग्रेस आगामी दिनमा एक ढिक्का भएर अघि बढेमा कुनै पनि शक्तिले परास्त गर्न नसक्ने दावी समेत गर्नुभएको छ । उहाँले काँग्रेसमा मूल्याङ्कन, अनुशासन, एकता र स्पष्ट सांगठनिक कार्ययोजनाको आवस्यकता रहेको वताउँदै त्यसका लागि सबैले आ–आफ्नो तर्फबाट योगदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भवन निर्माण सँगसँगै पर्वत काँग्रेस जिल्लाका ६१ वटै वडामा पुगेर संगठन सुदृढिकरण गर्ने जानाकारी दिनुभएको छ ।