विद्यालय भवन निर्माण गर्दा तिलाहारका १५ घर उच्च जोखिममा

पर्वत/प्राबिधिक जाँचविना कम्जोर संरचनामा विद्यालय भवन निमार्ण गर्न खोज्दा १५ घर कुरीया पहिरोको उच्च जोखिममा परेका छन् । पर्वतको मोदी गाउँपालिका ६ तिलाहारका स्थानीय अहिले रातभर जाग्राम बस्न बाध्य छन् । हिजो आज स्थानीयहरु पहिरोले घर नै लाने डरले पानीको भेल तर्काउन जुटेका छन् । मोदी तिलाहारको नवजागृत माविले कम्जोर संरचनामा भवन बनाउँन गत १ महिना पहिलै डोजर प्रयोग गरेका थिए । ‘कुन बेला पहिरोले घरवास नै लान्छ थाहा छैन’ स्थानीय पद्यमनाथ जि.सिले भने,‘वडा कार्यालयले तत्कालको जोखिम टार्न दिएका प्लाष्टीक र त्रिपालले घरछेउको जमिन छोपेका छौ ।

विद्यालयले दुई कोठा विज्ञान प्रयोगशाला र कम्प्युटर हललाई भन्दै वस्तीको तल भवन निमार्ण गर्न थालेको हो । स्थानीय दिनेश जि.सि भन्छन,‘ डोजर लगाएर खनेको लामो समय हुदा समेत पक्की पर्खाल निमार्ण गरेको भए वस्ती जोखिममा पर्दैनथ्यो । वडा कार्यालयलाई पनि भवन बनाउन विद्यालयले जानकारी नदिएको स्रोतको दावी छ । पूर्व साबधानी नअपाँउदा यस्तो जटिल अवस्था सिर्जना भएको छ । तत्काल पर्खाल लगाउन ध्यान नदिदाँ वस्तीमै पहिरो पगेको छ । मापदण्ड पुरा नभई विद्यालयले भवन निमार्ण गर्दा वस्ती जोखिममा परेको छ । जग्गा चक्लाउँदा डोजरले भित्ता खन्दा असर पर्न गएको विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद सुवेदीले वताए ।‘काम गर्दा हामी कतै पनि चुकेका होइनौ,‘ प्रधानाध्यापक बिष्णुप्रसाद सुवेदीले थपे,‘डोजरले भित्ता नकोत्ररेको भए यो अवस्था आउँने थिएन । निमार्ण समिति,विद्यालय प्रसासन र स्थानीय समुदायले यसको क्षतिपूर्ती दिने तर्फ सल्लाह भएको उनको भनाई छ ।

वस्ती नै जोखिममा पर्दा अहिले यहाँका १५ घरकुरीया परिवार चिन्तित छन् । विगतदेखि नै उपभोत्ता समितिले यो नमुना विद्यालयको सुचीमा परेको नवजागृत मावि निमार्णमा लापरबाहि गरेको भन्दै स्थानीयले पटक पटक बिरोध गर्दै आइरहेका छन् ।