पर्वत/फलेवास नगरपालिकाले अगाडी सारेको क्लिन फलेवास ग्रीन फलेवास अभियानलाई प्रभावकारी बनाउन फोहोर व्यवस्थापन सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख पदमपाणि शर्माले क्लिन फलेवास ग्रीन फलेवास अभियान नगरका सबै घरधुरीमा छुने र प्रभाव पार्ने खालको कार्यक्रम भएकोले सुन्दर सान्त समृद्ध नगर बनाउन यो अभियानले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।
क्लिन फलेवास ग्रीन फलेवास अभियान नगरमा अलि भिन्न प्रकृति कार्यक्रम भएको र संकल्प गरेमा अवश्य सफल भइने बताउदै कुनै पनि नयाँ कार्य संचालन गर्दा टिकाटिप्पणी, आलोचना चुनौती भएतापनि राम्रो र उपयुक्त कार्य क्रमशः सफल हुने बताउनुभयो ।
अभियानलाई सफल बनाउन बजेटको पनि व्यवस्था गरिएको बताउदै दशै लगत्तै नगरका सबै बिद्यालयहरुबाट अभियानलाई प्रभावकारी रूपमा बिस्तार गरिने शर्माले बताउनुभयो ।
मानव संसाधनको विकास गर्दै नगरलाई समृद्ध र नमुना बनाउन क्लिन वार्ड ग्रीन वार्ड, क्लिन टोल ग्रीन टोल, क्लिन विद्यालय ग्रीन विद्यालय अभियान नै संचालन गरिएको शर्माले बताउनुभयो । दशै लगत्तै नगरका सबै बिद्यालयहरुबाट अभियानलाई प्रभावकारी रूपमा बिस्तार गरिने शर्माले बताउनुभयो ।
उपप्रमुख मन्जु अधिकारीले स्वच्छ वातावरण भएमा मात्र मानिस स्वास्थ्य र सुखी हुने बताउदै प्रथमतः स्वयं आफैले आनीबानीमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो ।
नीति नियमको सहि कार्यनयन गर्दै इच्छाशक्ति अनुसार कार्य गर्न सकेमा हरेक कुरामा सफलता हासिल गर्न सकिने बताउनुभयो । अभियानलाई सफल बनाउनको लागि नगरका बिधालयहरु तथा विभिन्न सामाजिक संघ संस्थाहरु,साझेदारी संस्था,समुदाय, टोल विकास समिति, निजि क्षेत्र लगाएसंग हातेमालो गरेर विभिन्न कार्यक्रमहरु संचालन गरिने अधिकारीले बताउनुभयो ।
फलेवास नगरपालिकाका प्रवक्ता तथा वार्ड नं.४ मुडिकुवाका वार्ड अध्यक्ष टिकाराम गौडेलले फलेवास नगरपालिकालाई सभ्य,स्वच्छ,सुन्दर र हरियाली बनाउनको लागि अभियानको थालनी गरिएको बताउदै सबै पक्षबाट साथ दिन र सकारात्मक सहयोग गर्न आग्रह गर्नुभयो ।क्लिन फलेवास ग्रीन, फलेवास अभियानलाई सफल कार्यनयन गर्दै उपलब्धमुलक कार्य संचालन गरिने गौडेलले प्रतिबद्धता व्यक्त गर्नुभयो
फोहोरलाई मोहरमा बदल्ने अभियानमा फलेवास नगरपालिका लागेको र फोहोर सबैको साझा भएकोले आआफ्नो घर तथा स्थानबाट व्यवस्थापनमा जुट्नुपर्नेमा जोड दिनुभयो ।
छ्लफल कार्यक्रममा नगर कार्यपालिकाका सदस्यहरु, नगर कार्यपलिकाका शाखा प्रमुखहरु, राजनैतिक दलका प्रतिनिधिहरु, बिद्यालयका प्रअहरु, बिद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार लगाएतको सहभागिता रहेको थियोे । कार्यक्रममा नगरको स्रोत साधनको उचित प्रयोग, नियम र मापदण्डअनुसार कुहिने नकुहिने फोहोरको वर्गीकरण तथा व्यवस्थापन, निजि तथा सार्वजनिक स्थलको सरसफाइ ,फोहोरलाई मोहरमा बदल्ने तरिका,फोहोर संकलन गर्ने सरल र उपयोगी तरिका, डस्बिनको उचित प्रयोग, फोहोरको पुनः प्रयोग गर्न सकिने तरिका, लगाएतको विषयमा छलफल गरिएको थियोे । त्यस्तै अभियानलाई सफल बनाउन फलेवास नगरपालिकाको जैविक र अजैविक फोहोर, अस्पतालजन्य, उद्योगजन्य, बिद्धुतिय, हानिकारक फोहोर लगाएतको व्यवस्थापनका बिषयमा पनि छलफल गरिएको छ ।
लिमिठाना माबिका प्रअ याम प्रसाद शर्मा, जनता माबिका प्रअ गोपाल प्रसाद श्रेष्ठ, सारदा माबिका प्रअ जित बहादुर थापा, ग्रामोदय माबिका प्रअ, कृष्ण प्रसाद सापकोटा भवनी बिद्यापिठ माबि शिक्षक अभिभावक संघका अध्यक्ष तुलसी पौडेल, नगरका योजना अधिकृत प्रकाश शर्मा लम्साल,पत्रकार लक्ष्मण बिश्वकर्मा, विद्यार्थी नेता लकास सुवेदी लगाएतले बोल्नुभएको थियो । बोल्ने वक्ताहरूले अभियानलाई सफल बनाउन क्लिन फलेवास ग्रीन फलेवास अभियानको योजना र नीति अनुसार कार्यक्रम संचालन गरि घर, बिद्यालय,सडक, सार्वजनिक स्थलहरु तथा प्रकृतिजन्य फोहोरहरुको सहि व्यवस्थापनमा जोड दिएका छन् ।
नगरपालिकाले सेक्रेट नेपाल पर्वतसगं सहकार्य गरेर फोहोर व्यवस्थापन गर्ने भएको छ ।
उक्त कार्यक्रममा स्रोत व्यावस्थाप प्रालि फोहोर व्यवस्थापनका प्रतिनिधि कृष्ण भण्डारी र सेक्रेट नेपाल पर्वत प्रतिनिधि टिकाराम भुसालले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।






