फलेवास नगरपालिका भित्रका ११ वटै वडामा विकास संबाद कार्यक्रम शुरु

पर्वत/फलेवास नगरपालिका भित्रका ११ वटै वडामा विकास संबाद कार्यक्रम शुरु गरिएको छ । आर्थीक बर्ष २०७५/७६ मा संचालित सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारीता बारे जनता संग प्रत्यक्ष सवाल जबाफ गर्ने उदेश्यले नगरपालिकाको अयोजनामा विकास संबाद कार्यक्रम संचालन गर्न गरिएको हो ।

नगरपालिका तथा वडा कार्यलयवाट प्रबाह गरेको सेवा तथा विकास निमार्णको कार्यहरु सार्वजनिक गर्दै सेवाग्राही प्रती सेवाप्रदायकलाई जवाफदेहि बनाउने र सेबाग्राहीहरुको जिज्ञासा तथा गुनासाहरुको संबोधन गर्न कार्यक्रम संचालन गरिएको फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्माले जानकारी दिनु भयो ।

नागरीकका आवस्यकता र चाहना को पहिचान गरि तिनको संबोधन गर्न यस कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने शर्माको भनाई रहेको छ । नगरपालिकाको विकास र सम्बृद्धिको लागी नगरपालिका भित्रका सम्पुर्ण निकायलाई जागरुक बनाई अघि बढ्नु पर्ने अहिलेको आवस्यकता रहेको उहाँले बताउनु भयो ।

सिंगो नगरपालिकाका नागरीक एउटै डुङगामा सवार गरेकोले सफल अवतरणको लागि सवै पक्षको उत्तिकै दायित्व रहेको उहाँले बताउनु भयो । हरेक सार्वजनिक निकायले गरेको गतिविधिहरुको बारेमा सुचना पापउने, माग्ने र अवलोकन गर्ने नागरीकको अधिकार भएकोले नगरपालिकाले संचालन गरेका गतिविधिका वारे जानकारी गराउन यो कार्यक्रम संचालन गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत मोतिराम सापकोटाले बताउनुभयो ।

११ वटै वडा कार्यलय परिसरमा भदौ ९ गते देखि शुरु गरिएको उक्त कार्यक्रम १४ गते सम्म संचालन गरिने नगरपालिकाका योजना व्यवस्थापक देविप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।