जिल्लास्थित सरकारी कार्यालयलाई प्रशासन कार्यालयको १५ बूँदे निर्देशन

पर्वत/जिल्ला प्रसासान कार्यालय पर्वत अब झन जवाफदेही र सुसासनमैत्री हुने भएको छ । तीनै तह मातहत सञ्चालनमा रहेका सरकारी कार्यालयहरुले सुचना दिन चासो नदिएको गुनासो वढेका बेला यस्तो निर्णय सार्वजनिक गरेको हो । आइतबार जिल्ला प्रसासान कार्यालयमा भएको पत्रकार भेटघाट तथा छलफलका क्रममा प्रसासनको बेव पनि थप सुचनामैत्री बनाइएको जानकारी दिएको छ । जिल्ला प्रसासन कार्यलयको बेवमा नागरीकलाई आवश्यपर्ने सवै खालका सुचना र सन्देश सरल रुपमा राख्ने भएको छ भने प्रसासन कार्यालयले यहाँका सवै सरकारी कार्यालयहरुको मासिक प्रगति बिबरण समेत लिन भएको छ । जसका लागि न्यमित अुनगमन हुने छ । सो भेटघाटमा जिल्लामा क्रियाशिल पत्रकारहरुले यहाकाँ बिधिध बिषयहरु उठाएका थिए । उनीहरुले सरकारी कार्यालयले सुचना दिन चासो नदेखाएको,बिकासका काममा ठेकेदारले लापरवाही गरेको, ग्रामीण क्षेत्रमा भाडा मनपरी गरेको,मध्यपहाडी लोकमार्ग निमार्णको सुस्तताले झझण्ट भएको,तीनै तहका सरकारले आफुमुखी निणर्य गर्दा नगरीक अन्यौलमा परेका जस्ता समस्याहरु प्रसासन माझ राखेका थिए । यता प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले उठेका सवै जिज्ञासालाई सम्बोधन गरेकी थिइन् । उनले सुसानमैत्री सरकारी कार्यालय बनाउने आफुहरुको पहल रहेको हँदा सवैको सहयोगगको अपेक्षा गरेको सुनाइन् । नेपालले यहाँका सवै सरकारी कार्यालयले भएको सुस्तता प्रमुखहरु माझ रहेर समाधानमा आफु लाग्ने बताएकी छन् । उनले स्थानीय तह मातहतमा रहेर सवै प्रसासकिय अधिकृतहरु सँग बेलाबेलमा सुसान स्थापनामा भएका प्रगतिको बिबरण लिने योजना बनाएको बताइन । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले गरेका थिए ।

यस्ता छन निर्देशनका बुँदाहरु
स्थानीय प्रशासन ऐन २०२८, सुशासन (सञ्चालन तथा व्यवस्थापन) ऐन २०६४ र नियमावली २०६५ ले निर्दिष्ट गरे बमोजिम प्रभावकारी सेवा प्रवाह मार्फत सुशासन प्रबद्र्धन गर्नका लागि तपसील अनुसार गर्नु गराउनुहुन निर्देशन छ ।
तपसील

१. कुनै कार्यक्रम वा बिदा लिई कार्यालय छोड्नुपर्दा लिखित रुपमा नि. कार्यालय प्रमुखलाई जिम्मेवारी दिने र सोको लिखित र मौखिक जानकारी यस कार्यालयमा अनिवार्य दिने ।
२. सडक आयोजनाहरुले सडकमा हुन सक्ने अवरोधलाई हटाउन मेसिनरी औजारहरु अनिवार्य रुपमा तयारी अवस्थामा जोखिमयुक्त स्थानमा यउभचबतयच सहित खटाउने ।
३. कर्मचारीहरुको गुनासोलाई व्यवस्थापन गर्न अनिवार्य रुपमा मासिक क्तबाा ःभतष्लन संचालन गर्ने ।
४. आफ्नो कार्यालय परिसर सफा, स्वच्छ र हरियालीयुक्त बनाउने ।
५. आ.व. २०७६÷२०७७ को जिन्सी निरीक्षण प्रतिवेदन अनुसार लिलाम बिक्री गर्ने कार्य भदौ मसान्त भित्र आरम्भ गरि यस कार्यालयलाई जानकारी दिने ।
६. कार्यालयको भौतिक स्रोतसाधनहरुको (सम्पति) भदौ १५गते भित्र तयार गरी यस कार्यालयमा पठाउने ।
७. आँफू मातहतका कर्मचारीहरुलाई अधिकृत स्तर सम्म कार्यसम्पादन सम्झौता गर्ने र अन्य कर्मचारी सबैलाई अनिवार्य कार्य विवरण दिने र सो को जानकारी यस कार्यालयलाई दिने ।
८. कार्यालयको कार्य सम्पादनमा आउने उजुरी÷गुनासोहरुको समयमा नै व्यवस्थापन गर्ने ।
९. वित्तिय अनुशासन कायम गर्दै सार्वजनिक खरिद ऐन, नियम र आर्थिक कार्यविधि ऐन अनुसार वित्तिय काम कारवाही सम्पादन गर्ने र बेरुजु शुन्य बनाउने ।
१०. सवारी साधनहरुको अनिवार्य विमा गर्ने ।
११. मासिक खर्च विवरण र कार्य प्रगति सार्वजनिकीकरण गर्ने ।
१२.कार्यालयका कर्मचारीहरुको कार्यालयमा समयमा कार्यालय छोड्दा अनिवार्य रुपमा लगबुकमा जनाउने ।
१३.कर्मचारीहरुलाई ड्रेस कोड अनिवार्यरुपमा लगाउन निर्देशन दिने ।
१४. कतिपय कार्यालयहरुले सूचना अधिकारी तोकेको नपाइएकोले यथाशीघ्र सूचना अधिकारी तोकी सोको जानकारी अनिवार्यरुपमा यस कार्यालयमा पठाउने ।
१५. आफ्नो कार्यालयबाट वार्षिक रुपमा सम्पादन हुने सम्पूर्ण गतिविधिलाई समेटी वार्षिक कार्ययोजना तयार गरि सोही बमोजिम गर्ने र सोको जानकारी यस कार्यालयलाई दिने ।