लागूऔषध नियन्त्रणमा पर्वत प्रहरीले लियो सक्रियता: हाई वे साइडमा नागरिक सचेतना

पर्वत/समुदाय प्रहरी साझेदारी कार्यक्रम कुश्मा नगरपालिका वडा नं २ अर्मादीमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले लागु औषध तथा मदिरा सेवनबाट वालवालिका सवैलाई टाढै राखौं,सवै बचौ र सवैलाई वचाउन आग्रह गर्नु भयो ।

हाई वे साइडमा लागू औषध ओसारपसार र सेवनका धेरै गतिविधिहरु यूवाहरु विच हूने भएकाले विशेष निर्गानी गर्न प्रहरीलाई अनूरोध गर्नु भयो । समाज रुपान्तरणका लागी सवैको भूमिका महत्वपूर्ण हुने गर्दछ त्यसमा पनि स्थानिय जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका रहने गर्दछ । घरेलू मदिरा उत्पादन तथा न्यूनिकरणका लागी त्यसमा लाग्ने व्यक्तिहरुलाई सिपमुलक तालिमहरु संचालन गरि पेसा व्यवसाय नै परिवर्तन गर्नुपर्ने वताउनू भयो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक श्यामु अर्याल ,सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा पर्वतका अध्यक्ष शिव प्रसाद सुवेदी, सेवा केन्द्रका निवर्तमान अध्यक्ष मानकुमारी गिरी, सेवा केन्द्र ईन्चार्ज पूर्णिमा थापा, अग्रसर युवा कल्वका अध्यक्ष गणेश शर्मा, जनचेतना आमा समुहका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
कुश्मा नगरपालिका वडा नं २ का वडाध्यक्ष यदुनाथ बास्तोलाको अध्यक्षतामा कार्यक्रम संपन्न भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माको सहकार्यमा लागु औषध तथा घरेलु मदिरा नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।