गुरुङलाई श्रद्धाञ्जली दिँदै काँग्रेस नेता जोशीले भन्नुभयो–‘पदका लागि होइन, पार्टीका लागि मेरो क्रियाशीलता अझै बढाउँछु’

चैत्र, ७–पर्वत/नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं ३ को वडा कार्य समितिको आयोजनामा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि स्वर्गीय थमन वहादुर गुरूङको १३ औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । स्वर्गीय गुरुङकै घरमा भएको श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले स्वर्गीय थमन गुरुङको दिवंगत आत्माको चिर शान्तिको कामना गर्नुभयो ।

गुरुङको निधनसंगै आँपूmले एउटा प्रिय मित्र तथा समाजले एउटा असल सेवक र पार्टीले एउटा कर्मठ कार्यकर्ता गुमाएको उहाँको भनाई थियो । मृत्यु अनिवार्य भएपनि सवैले पार्टिको तर्फवाट सम्मान पाउन नसक्ने उल्लेख गर्दै केन्द्रिय सदस्य जोशीले स्वर्गीय गुरुङले उच्च सम्मान पाउनुले सवैको शिर उचो भएको उल्लेख गर्नुभयो । उहाँले दुःखको घडीमा आँपूm सहित सिङ्गो नेपाली काँग्रेस पार्टी पनि शोक सन्तप्त परिवारको साथमा रहेको बताउनुभयो ।

अर्को प्रसंगमा नेता जोशीले पार्टीलाई बदल्ने कुरा सार्वजनिक सभामा भाषण गरेर मात्र नहुने भन्दै संगठनप्रतिको निष्ठा, क्रियाशिलता र इमान्दारिता आवस्यक रहेको वताउनु भएको थियो । उहाँले स्वर्गिय थमन गुरुङको शोकमा आँसु बगाएर मात्र उहाँप्रति श्रद्धाञ्जली नहुने भन्दै थमनले समाएको बाटोमा अविचलित भएर लाग्न सबै काँग्रेस नेता तथा कार्यकर्ताहरुलाई सुझाव दिनुभयो । उहाँले लोकतन्त्रमा विस्वास गर्ने पार्टीले एउटा चुनाव हार्दैमा निराश नहुन कार्यकर्तालाई आग्रह गर्दै आफ्नो सास रहञ्जेल पदका लागि होइन पार्टीका लागि समर्पित हुने प्रतिवद्धता समेत जनाउनु भएको थियो ।

सोही कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पूर्व सभापति तथा प्रतिनिधिसभा सदस्य लालकाजी गुरूङले स्वर्गिय थमन बहादुर गुरुङ पार्टीको एक कुशल संगठक र जुझारु योद्धा भएको स्मरण गर्दै उहाँको निधनबाट पार्टीलाई अपुरणीय क्षेति भएको दावी गर्नुभएको थियो । सांसद गुरुङले स्वर्गिय गुरुङको अन्तिम ईच्छा पनि पार्टी एकताको पक्षमा भएको उल्लेख गर्दै पार्टीभित्रका गुट र उपगुटलाई अन्त्य गर्दै संगठनलाई एकतावद्ध बनाएर लैजान आफ्नो तर्फबाट पनि पहल गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति दुर्गाबहादुर खत्रीले पनि स्वर्गिय गुरुङको सांगठनिक इमान्दारिताको प्रशंसा गर्नुभएको थियो ।

श्रद्धाञ्जली सभामा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकष्ण), नेपाली काँग्रेसका महासमिति सदस्यहरु बसन्तबहादुर सिके, गंगाधर तिवारी र मिना केसी, कुश्मा नगरपालिकाका प्रमुख एवं नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि रामचन्द्र जोशी, कुश्मा नगरपालिकाकी उपप्रमुख तथा महाधिवेशन प्रतिनिधि सीता काफ्ले लामिछाने, काँग्रेस जिल्ला कार्यसमिति सदस्यहरु कुलप्रसाद उपाध्याय र लेखवहादुर गुरूङ, नेपाली काँग्रेस दुर्लुङका पूर्व सचिव रेस्मिराज सुवेदी, वडाध्यक्षका प्रत्यासी कृष्णप्रसाद शर्मा, दलित सँघ पर्वतका उपाध्यक्ष धनिलाल वि।क, जिल्ला समन्वय समितिका संयोजकका प्रत्यासी परशुराम पुरी, नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि शंकर गुरुङ, उन्नतिशील महिला समूहकी कोषाध्यक्ष कस्तुरा गिरी, तरुण दल पर्वतका सदस्य कमलराज पौडेल, नेपाली काँग्रेस दुर्लुङका सहसभापति डण्डपाणि शर्मा लगायतले पनि शोक मन्तब्य राख्नुभएको थियो ।

नेपाली काङ्ग्रेस वडा न ३ का सभापति बालकृष्ण शर्माको अध्यक्षतामा भएको उक्त श्रद्धाञ्जली सभाको संचालन सचिव कुलराज पोख्रेलले गर्नुभएको थियो भने श्रद्धाञ्जली सभामा परिवारको तर्फवाट स्वर्गीय गुरुङका जेठा छोरा इमप्रसाद गरूङले सवैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।