पर्वत/पर्वतका नयाँ प्रहरी प्रमुखको रुपमा आउनुभएका प्रहरी नायव उपरिक्षक खुमलाल भुसालले नागरिकको शान्ति सुरक्षा र अमनचयनमा कोही कसैसँग सम्झौता नगर्ने प्रतिवद्धता गर्नुभएको छ । प्रनाउ भुसालले सोमवार पर्वतका क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गर्दै यस्तो प्रतिबद्धता गर्नुभएको हो । जिल्लामा पहिलो पटक आएसँगै आफ्नो कार्ययोजनाका बारेमा पत्रकारहरुसँग अन्तरक्रिया गर्नुभएको हो ।...
पर्वत/नेपाली राजनीतिका शिखर पुरूष तथा प्रजातान्त्रिक समाजवादका प्रणेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्मजयन्ती पर्वतमा पनि मनाइएको छ । वीपी स्मृति भवन कुश्मामा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले वीपीको विचार र आदर्शलाई आत्मसात गर्न नसक्दा आजको काँग्रेसमा विचलन आएको वताएका छन् । उनीहरूले काँग्रेसको अबको कार्यदिशा सुशासन र समुन्नतीका निम्ति केन्द्रीत...
पर्वत/नेपाली काँग्रेसको संगठन सुदृढिकरण अभियान अन्तर्गत जलजला गाउँपालिका-१, बासखर्कको वडाभेला शनिवार सम्पन्न भएको छ । वडा भेलामा सहभागी स्थानीय नेता कार्यकर्ताले पार्टीका आन्तरिक अवस्थाको साथै वडाभित्रका कृषि, खानेपानी, सिचाई, स्वास्थ्य र शिक्षाका क्षेत्रमा व्यहोर्नु परेका विभिन्न समस्याहरूको वारेमा जानकारी गराएका थिए । उनीहरूले झण्डै ८० प्रतिशत काँग्रेस...
पर्वत/जलजला गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, विद्यालय, उत्कृष्ट व्यवस्थापन समिति अध्यक्ष र कर्मचारीलाई नगद सहित सम्मान गरेकोे छ । अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा पारेर उनीहरुलाई नगद सहित सम्मान गरिएको हो । कार्यक्रममा दिर्र्घ सेवारत शिक्षक र निवृत्त शिक्षकलाई समेत सम्मान गरिएको छ । ‘गुणस्तरीय शिक्षाको आधारशिला–सुखी, समृद्ध र...
ओमप्रसाद शर्मा घायल
पर्वत/स्थानीय तहहरूले जग्गा वर्गीकरण नगर्दा जिल्लाभर कित्ताकाटदेखि खरिदबिक्रीलगायत कारोबार ठप्प भएको छ । जलजला गाउँपालिका बाहेक जिल्लाका ६ स्थानीय तहले जग्गाको बर्गिकरण नगर्दा कित्ताकाटदेखि विक्री वितरण ठप्प भएको हो । भूउपयोग ऐन २०७६ र नियमावली २०७९ मा जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट, खरिदबिक्री गर्न पाउने व्यवस्था छ...
पर्वत/सर्वोच्च अदालतले कालीगण्डकीबाट बालुवा, गिट्टी, ढुङ्गाजस्ता नदीजन्य सामग्री उत्खननमा रोक लगाएको भए पनि नदी र छेउछाउको क्षेत्रमा दोहन रोकिएको छैन । प्रत्येक वर्ष वर्षायाममा असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन निषेध गरिन्छ । भदौ १५ गतेपछि स्थानीय तहले टेन्डर आह्वान गरेर बालुवा, गिट्टी तथा ढुङ्गाहरू निकाल्न दिने...
पर्वत/संविधानले तोकेको भन्दा झण्डै ६४ दिन ढिला गरी फलेबास नगरपालिकाको नगरसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०÷८१ को लागि नीति, कार्यक्रम र बजेट ल्याउने सिमा असार १० गते तोकिएको छ । नगरपालिकामा जनप्रतिनिधिहरु बीच बिवाद हुदाँ तोकिएको मिति भन्दा दुई महिना पछि मात्र नगरसभा सम्पन्न भएको हो ।यसैसाता...
पर्वत/कुश्मा नगरपालिका वडा न २ खुर्कोटमा रहेको कालिका माध्यामिक विद्यालयमा १ लाख ७४ हजार ९ सय १० रुपैयाको शैक्षिक सामाग्री हस्तान्त्रण भएको छ । उक्त रकम हिमालय फ्रेण्ड ई भि जर्मन भन्ने अन्तराष्ट्रिय गैरसरकारी संस्थाले हस्तान्तरण गरेको हो । हिमालय फ्रेण्ड ई भि जर्मनका नेपाल प्रतिनिधि प्रसान्त रेग्मीले सहयोग...
पर्वत/दरबन्दी बमोजीमका विशेषज्ञ डाक्टर कार्यालय प्रमुख नपाएको पर्वत अस्पतालले ७ बर्षपछि विशेषज्ञ डाक्टरलाई कार्यालय प्रमुखको रुपमा पाएको छ । नवौं तहको कार्यालय प्रमुख रहने दरबन्दीमा यस अघि लगातार ७ बर्षसम्म निमिक्त कार्यालय प्रमुखको भरमा अस्पताल सञ्चालन हुँदै आएको थियो । धौलागिरी अस्पताल बागलुङबाट डा. हेमन्त बास्तोला कार्यालय प्रमुखको रुपमा...
ओमप्रसाद शर्मा घायल
पर्वत/मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्ने पवित्र कालीगण्डकी नदीको सभ्यता संरक्षणमा सरोकारवालाले जोड दिएका छन् । शालिग्राम पाइने नदी भएकाले यसको उचित संरक्षण र संवर्द्धनमा जोड दिइएको हो । पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित विश्व शान्ति गण्डकी महासभा विषयक प्रवचन...









