Wednesday, July 1, 2026

Uncategorized

पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि समापन हुँदै छ । महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोम भोलि औपचारिक समापन हुने भएको छ । कोटिहोममा आज महाआरती गरिएको थियो । महाआरतीमा भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो । कोटिहोममा आज  देखि नै विभूति (भष्म),...
पर्वत/निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना दोस्रोपटक थपिएको समयसीमाभित्र पनि पूरा भएको छैन । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ मा छ अर्बमा ठेक्का सम्झौता गरेको थियो । सन् २०२२ फेब्रुअरीमा दोस्रोपटक थपिएको म्याद यही जुन २७ मा सकिँदैछ ।...
 पर्वत/मालिका गाउँपालिका–३ लुक्सीपारमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत ३९ लाख २३ हजार रुपैयाँ लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ। आयोजनाबाट करिब ४०० जना लाभान्वित भएका छन्। नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को १७ लाख ७४ हजार ७२९, मालिका गाउँपालिकाको नौ लाख ९५ हजार ५०९ र उपभोक्ताको ११ लाख ५३ हजार २५० बराबरको...
पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आजदेखि विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिने भएको छ । यज्ञको पूर्णाहुतिसँगै भष्म, तिलक र प्रसाद वितरण गर्ने कार्यक्रम राखिएको थियो । तर  लामो समयको हवन कार्यले तातो भएका कारण भष्म, तिलक र प्रसाद आज र भोलि...
पोखरा/पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा  उपस्थित भक्तजनलाई उद्घोषकले मन्त्र मुग्ध बनाउने गरेको छ । जति पनि भक्तजन कोटिहोम दर्शन गर्न आउँछन् सबैले खुलेरै तारिफ गर्ने दुई नाम छ कोष भारद्वाज र दीप काफ्ले । हुन पनि यी दुई भाइको कार्यक्रम सञ्चालन गर्ने क्षमता अद्भुत छ...
पर्वत/सरकारले लामो समयपछि ‘दिवा खाजा’मा रकम वृद्धि गरेको छ। यसअघिसम्म प्रतिदिन प्रतिविद्यार्थीका लागि १५ रूपैयाँ तोकिएकोमा अबदेखि भने पाँच रूपैयाँ बढाएर २० रूपैयाँ पुर्‍याइएकाे छ। दिवा खाजा रकम कम भएकाे भन्दै बढाउनुपर्ने बारम्बार माग उठेकाे थियाे। सरकारले यस वर्ष भने दिवा खाजा कार्यक्रमको लागि रकम नै वृद्धि गरेको छ। अघिल्लो...
पर्वत/जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव तथा पूर्वमा मनसुनी हावा सक्रिय हुँदा यतिबेला मुलुकको विभिन्न स्थानमा वर्षा सुरु भएको जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले मनसुनी हावा चलिरहेको, बङ्गालको खाडीबाट जलवास्पयुक्त हावा नेपाल आएकाले वर्षा...
पर्वत/खेतबारीमा लगाएको अन्नबाली तथा फलफूल बाँदरले सखाप पारेपछि स्थानीयले दिन बाँडेर बाँदर हेर्न थालेका छन् ।  जिल्लाको कुश्मा नगरपालिका-९ कटुवाचौपारीको अधिकारी फाँटको प्रतीक्षालयको भित्तामा स्थानीय ३० जना व्यक्तिहरूको नाम र मिति टाँसिएको छ। एक दिनका लागि दुई जना पर्ने गरी टाँसिएको यो कार्य विभाजन गत जेठ दुई गतेदेखि आउँदो...
पर्वत /‘मनसुन’ विस्तार हुने लागेसँगै पर्वतमा रहेका सुरक्षा निकायहरूले ‘मनसुन’जन्य बाढी, पहिरो लगायतका विपद्को क्षति कम गर्न संयुक्त रूपमा व्यवहारिक अभ्यास गरेका छन् नेपाली सेनाको पर्वतस्थित नयाँ रणभीम गुल्म, सशस्त्र प्रहरीको नं. २५ हेडक्वार्टर चण्डिका गण र जिल्ला प्रहरी कार्यालय पर्वतले रेडक्रस, विपद्का सरोकारवालाहरू र स्थानीयवासीको प्रत्यक्ष सहभागितामा जिल्लाको...
पोखरा / पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा ८ हजार कलश वितरण गरिएको छ । गत सोमबार यज्ञको पूर्णाहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनलाई वितरण गरिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार अव केही जल सहितको कलश रहेको...

This will close in 0 seconds