काठमाडौं /नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको अवसर पारेर गीतकार सुन्दर पन्तले नयाँ तीज गीत ‘कैलाशबाट हामी दुईको सेल्फी हानिदेउ’ हालै युट्युवमा सार्वजनिक भएको छ । उक्त गीत तीजको सन्देशमुलक चेतनायुक्त, विविध सांस्कृतिक पक्षका साथै नारीवादीको भावनाका साथै पारिवारिक परिवेशलाई समेटेर प्रस्तुत गरिएको छ ।
सुन्दर पन्तको शव्द, सुवर्ण श्रेष्टको...
पर्वत / जिल्लामा पछिल्लो आठ वर्षको अवधिमा २१ वटा मोटरेबल पुलको निर्माण सम्पन्न भएको छ। जिल्लाका सबै ६१ वटा वडा, टोल र बस्तीसम्म सडक सञ्जाल पुगेपछि ती सडकलाई बाह्रैमास सञ्चालन गर्ने उद्देश्यले पुल निर्माणको कामलाई तीव्रता दिइएको हो।
कुल दुईसय १० किलोमिटर ग्रामीण सडक कालोपत्र भएको यस जिल्लामा मध्यपहाडी लोकमार्गमा...
काठमाडौँ/प्रतिशोधपूर्ण सरकारी निर्णयबाट घटाइएको लोककल्याणकारी विज्ञापनको रकम साविककै अवस्थामा कायम गर्नुपर्ने माग गर्दै देशभर सञ्चालित छापा माध्यम कडा आन्दोलनको तयारीमा जुटेका छन् ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ सुझाव कार्यदलले एक साताभित्र माग सम्बोधन नभए देशभरका प्रिन्ट मिडियालाई समेटेर भौतिक आन्दोलनमा उत्रिन प्रस्ताव गरेको हो। शनिबार...
पर्वत/कुश्मा नगरपालिका वडा नं -८, चुवामा निर्माण भएको राधाकृष्ण मन्दिरको आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा समुद्घाटन तथा प्राण प्रतिष्ठा गरिएको छ । मन्दिरको नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले उद्घाटन गर्नुभएको हो ।
मन्दिर उद्घाटन गर्दै सभापति जोशीले जवजव पृथ्वीमा धर्ममाथि अधर्म र अन्यायको दवदवा बढ्दै जान्छ तव भगवान नारायणले अवतार...
पर्वत/यहि भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुका लागि सहयोगार्थ नेपाली काँग्रेस केन्द्रीय राहातकोषमा पर्वत काँग्रेसको समन्वयमा ५ लाख ५३ हजार ९नौ सय ११ जम्मा गरेको छ। नेपाली कांग्रेस पर्वतको समन्वयमा प्राकृतिक विपद परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले नेपाली कांग्रेस पर्वतले सञ्चालन गरेको राहत कोषबाट २ लाख ९०...
पर्वत/विपद व्यवस्थापन समितिले कालीगण्डकी नदी किनारको जोखिम न्युनिकरणका लागि एकिन तथ्यांक निकाल्न पहल गर्ने भएको छ । त्यसका लागि पुर्वाधार विकास, एकीकृत सेवा कार्यालयलाई प्राविधिक र अन्य जनशक्ती प्रयोग गरेर काम गर्न विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।
भोटेकोशी बाढीमा ९ मीटर सम्मको बाढी आएको...
पर्वत/मोदी गाउँपालिका–६ रातामाटामा अविरल वर्षापछि पहिरो जाँदा दुई घर जोखिममा परेका छन् । सोमबार राति परेको अविरल वर्षाका कारण रातामाटा निवासी अर्जुन लामिछानेको घरको आँगनमा पहिरो गएको हो । पहिरोका कारण अर्जुन लामिछाने र होमबहादुर लामिछानेको घर जोखिममा परेको मोदी गाउँपालिकाका उपाध्यक्ष बीमल लामिछानेले जानकारी दिएका छन् ।
घटनाको जानकारी...
काठमाडौं /नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली श्रमिकको हक–हित, सुरक्षा र कन्सुलर सेवाको सहज पहुँचका लागि राज्यले तत्काल ध्यान दिनुपर्ने जोड दिएकी छन् ।
आइतबार नेपाली कांग्रेस निकट प्रवासमा रहेको संगठन नेपाली जनसम्पर्क समिति साइप्रसको तेस्रो अधिवेशनको भर्चुअल उद्घाटन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन...
पर्वत/चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरोको कारण भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुर्याएको ठूलो जनधनको क्षतिप्रति पर्वतको पैयूँ गाउँपालिका परिवारले गहिरो दुःख व्यक्त गरेको छ।
विपद्को यस कठिन घडीमा बाढीपीडितहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउन गाउँपालिकामा कार्यरत कर्मचारीहरूले आफ्नो ३ दिनको तलब बराबरको रकम नेपाल सरकारको राहत कोषमा...
पर्वत/बुधवार भोटेकोशीमा आएको बाढीपिडितको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि पर्वतको महाशिला गाउँपालिकाले एक लाख ११ हजार एक सय ११ रुपैया सहयोग गर्ने भएको छ । पिडितहरुको पिडामा मल्हम लगाउने उद्धेश्यले गाउँकार्यपालिकाको बुधवारको बैठकले एक लाख ११ हजार एक सय ११ रुपैया सहयोग गर्ने निर्णय गरेको हो । उक्त रकम...









