Friday, July 3, 2026

समाज

पर्वत/कुश्मा नगरपालिका १ मालढुंगामा माझी समूदायले लदी पुजा अर्थात नदी पुजा गरेका छन् । कुश्मा नगरपालिकाको मालढुंगा र बागलुङ नगरपालिकाको बलेवा लगायतका ठाउँमा बस्ने माझी समूदायले कालिगण्डकी नदीको पूजा गरेका हुन् । नदी किनारमा बसेर दैनिक बालुवा चाल्दै आएका र माछा मार्दै आएका उनीहरुले आफ्नै मौलिक विधि अनुसार पूजाआजा सहित...
पर्वत/तेस्रो राष्ट्रिय मगर महोत्सव कुश्मा शुरु भएको छ । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले महोत्सव संचालन गरेको हो । फागुन २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने महोत्सवको पुर्व स्वास्थ्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले उद्घाटन गरे । महोत्सव...
पर्वत/फलेवास नगरपालिका ३े शंकरपोखरीमा निर्माणाधिन सडक गुणस्तरहीन भएको पाईएपछि पूर्वाधार विकास कार्यालयबाट गएको अनुगमन टोलीले डोजर लगाएर भत्काई दिएको छ । शंकरपोखरीमा निर्माणाधिन स्वास्थ्यचौकी रातडाँडा पुड्केस्वारा सडक डोजर लगाएर भत्काईएको हो । स्तरोन्नतिका लागि लगाईएको मेशिनरी पर्खालमा सिमेन्ट बालुवाको मसला नराखी ढुंगामात्रै चिनेर बनाईएको गुनासो आएपछि पुगेको अनुगमन टोलीले...
पर्वत/कुश्मामा आजदेखि आयोजित तेस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । आजदेखि २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने महोत्सवको सवैजसो तयारी पुरा भएको हो । महोत्सवको आज दिउँसो १ बजे पुर्व स्वास्थ्य मन्त्री तथा नेकपा एमालेका प्रमुख सचेतक पदक गिरीले उद्घातटन गर्नुहुने भएको छ । स्थल...
पर्वत/कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आंगिक क्याम्पसहरुमा विद्यार्थीको संख्या घट्नु युवा पलाएनको प्रमाण भएको बताउनुभएको छ । शुक्रबार शिवालय बहुमुखी क्यामपस कुश्माको १३ औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख जोशीले युवाहरु पलाएन भएको प्रमाण खोज्न क्याम्पसहरुमा जानुपर्ने धारणा राख्नुभयो । जिल्लाका सवैजसो आंगिक क्याम्पासहरुमा बर्षेनी विद्यार्थीको संख्या घटिरहेको छ...
पर्वत/जलजला गाउँपालिकाले जेष्ठ नागरिकलाई निशुल्क धार्मिक भ्रमण लैजाने निर्णय गरेको छ । बागलुङको पञ्चकोटमा बुधबारवाट सुरु भएको अनन्त श्री ब्रमान्डीय महायज्ञमा जान चाहने जेष्ठ नागरिकहरुलाई निशुल्क धार्मिक भ्रमण गराउने भएको हो । मंगलबार बसेको कार्यपालिका बैठकले ९ वटै वडाका ७० वर्ष माथीका जेष्ठ नागरिकलाई पञ्चकोट भ्रमण लाने निर्णय गरेको थियो...
पर्वत/७४औं प्रजातन्त्र दिवसको अवसरमा पर्वत जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । एक सय चार वर्ष लामो जहानिय राणशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष फाल्गुण ७ गतेलाई राष्ट्रिय प्रजातन्त्र दिवसको रुपमा मनाउदै आईएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेष्डो नेपाल, रोटरी...
बागलुङ/बलेवा क्षेत्रकै पुरानो क्याम्पस बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसको ११ औँ अधिवेशन तथा वार्षिक साधारण सभा विविध कार्यक्रम सहित शनिवार सम्पन्न भएको छ । बानपा १३ का वडाअध्यक्ष नारायण शर्मा पौडेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा स्थापना कालदेखि नै क्याम्पसलाई विशेष योगदान पुर्‍याउनुभएका पूर्व सञ्चालक समितिका पदाधिकारीहरूलाई सम्मान गरिएको थियो...
पर्वत/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्वतको आयोजनामा सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण शिविर मिति २०८० साल फागुन ६ गते पैयुँ गाउँपालिकाको हुवास बजारमा र फागुन ७ गते कुश्मामा हुने भएको छ । कुश्मा नगरपालिका र पैयुँ गाउँपालिका पर्वतको सहकार्य र केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौंको प्राविधिक...
पर्वत/जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पर्वतका कार्यालय प्रमुख विष्णुहरि अधिकारी गण्डकी प्रदेश सरकारबाट प्रदान गरिने निजामती पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । कार्यालय प्रमुख अधिकारीलाई यसबर्षको उत्कृष्ट प्रदेश निजामती पुरस्कार प्रदान गरिएको हो । यसका साथै प्रदेश सरकार अन्तर्गतको पर्वत जिल्ला स्थित जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पर्वत...

This will close in 0 seconds